काठमाडौं–वैदेशिक रोजगारीमा जाने नेपालीले साट्न पाउने अमेरकी डलरको सीमा नेपाल राष्ट्र बैंकले घटाएको छ ।
अबदेखि श्रम स्वीकृति लिएर जाने एक नेपालीले २०० डलरसम्मको सटही सुविधा पाउने भएको छ । यसअघि ५ सय डलरसम्मको सटही सुविधा थियो । मंगलबार नेपाल राष्ट्र बैंकले परिपत्र जारी गर्दै डलर सटहीको सीमा घटाएको हो ।
नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्विकृति लिएर वैदेशिक रोजगारमा जाने नेपाली नागरिकलाई राहधानी वापक अधिकतम २०० डलरसम्म सटही सुविधा उपलब्ध गराउनु भन्दै केन्द्रिय बैंकले बैंक तथा वित्तिय सँस्थहरुलाई परिपत्र जारी गरेको छ ।
डलरको सञ्चिती घट्दै गएपछि नेपाल राष्ट्र बैंकले पछिल्लो समय डलर सटहीमा कडाइ गरेको छ ।
यसअघि शिक्षा, आप्रवासन, स्वास्थ्यका लागि विदेश जानेले कम्तीमा ५ हजार बढी अमेरीकी डलर सटही गर्नुपरेमा प्यान नं. अनिवार्य चाहिने व्यवस्थ गरेको छ ।
प्रकाशित मिति २०७५ माघ ९ गते बुधबार ०६:३२