पर्वत जेसीजको ३० औँ स्थापना दिवसका अवसरमा ‘वेब साइट’ शुभारम्भ

पर्वत जेसीजको ३० औँ स्थापना दिवसका अवसरमा ‘वेब साइट’ शुभारम्भ

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८२ असार ७ गते शनिवार ०८:०८

पर्वत जेसीज स्थापना भएको ३० वर्षको अवसर पारेर पर्वत जेसीजको ‘वेब साइट’ शुभारम्भ गरिएको छ । जसीज सचिवालयमा शुक्रवार आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रविन विष्ट सहितका अतिथिहरूले...

पर्वत जेसीज स्थापना भएको ३० वर्षको अवसर पारेर पर्वत जेसीजको ‘वेब साइट’ शुभारम्भ गरिएको छ ।
जसीज सचिवालयमा शुक्रवार आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रविन विष्ट सहितका अतिथिहरूले जेसीजका गतिविधि तथा कार्यक्रमहरूको बारेमा जानकारी गराउने ‘जे.सी.आई डट ओ.आर.जी डट एन.पी’ ‘वेब साइट’ को शुभारम्भ गरेका हुन् ।
सो अवसरमा बोल्दै डी.एस.पी विष्टले जेसीजले गरिरहेका सामाजिक कामहरूको बारेमा आफू जानकार रहँदै आएको बताउँदै संस्थासँगको सहकार्यमा विभिन्न कामहरू गरिने बताए । सामाजिक सङ्घ संस्थाहरूको सहकार्यमा गरिने कामहरूले समुदाय र प्रहरीबिचको सम्बन्ध अझै राम्रो हुने भएकोले पनि पर्वत प्रहरीले जेसीज जस्तै सामाजिक संस्थाहरूसँग सहकार्य गरिरहेको उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै पर्वत जेसीजका अध्यक्ष अच्युत पौडेलले ‘स्किल एन्ड अपर्चुनिटीज ः ए न्यु एरा बिगिन्स’ भन्ने मूल मर्मका साथ पर्वत जेसीजले ३० औँ स्थापना दिवस मनाएको बताए । हरेक व्यक्तिहरूको चासो ‘डिजिटल प्लेटफर्म’हरूमा रहेकोले आफूहरूले पनि जेसीज गतिबिधिहरुलाई ‘डिजिटल’ रूपमा थाहा दिनको लागि ‘वेब साइट’ सुरु गरिएको उनको भनाइ छ । आफ्नो कार्यकालमा सकेसम्म धेरै रचनात्मक कामहरू गर्ने प्रयासमा आफू रहेको भन्दै अध्यक्ष पौडेलले संस्थाको सक्रियताकै कारण हालै मात्रै उत्कृष्टताको पुरस्कार पाउनु खुसीको कुरा भएको बताए ।
कार्यक्रममा प्रदेश अस्पताल पर्वतको व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष शङ्कर गिरी, पर्वत जेसीजको मातृ शाखा शाखा बागलुङका अध्यक्ष शुसान्तकृष्ण श्रेष्ठ, म्याग्दी जेसीजका अध्यक्ष विनोद घर्ती, पोखरा जेसीजका अध्यक्ष भाइराज राना, पोखरा लेडी जेसीजका अध्यक्ष अनिता खड्का, पर्वत जेसीजको अध्यक्षीय क्लबका अध्यक्ष निर्मल विश्वकर्मा, क्यान पर्वतका अध्यक्ष भरत सापकोटा, जिल्ला प्रशासन कार्यालय पर्वतका कम्प्युटर अपरेटर विदुर सापकोटा सहभागिता रहेको थियो । कार्यक्रममा पर्वत जेसीजका पूर्व अध्यक्षहरू, छिमेकी शाखाका प्रतिनिधिहरू र तथा वर्तमान समितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमका वक्ताहरूले जेसीआई पर्वत शाखाले हालै अन्तर्राष्ट्रिय स्तरमा प्राप्त गरेको ‘अवार्ड’ र उत्कृष्ट शाखाको पहिचानप्रति गौरव लागेको बताएका छन् । संस्थाले बनाएको ‘वेब साइट’लाई संस्थाको पारदर्शिता, प्रविधिमैत्री सोच र दिगो नेतृत्वको प्रतिबिम्बको रूपमा मूल्याङ्कन गरिएको उनीहरूको भनाई थियो ।
पर्वत जेसीजका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको समन्वय अर्जुनराज पुरीले गरेका थिए भने सञ्चालन महासचिव प्रवेशराज पुरीले गरेका थिए । कार्यक्रममा बोर्ड अफ ट्रस्टीजका संयोजक विषम कुमार श्रेष्ठ र  तालिम प्रतिष्ठान संयोजक अर्जुनप्रसाद चापागाईँ लगायतको पनि विशेष उपस्थिति रहेको थियो ।
प्रकाशित मिति २०८२ असार ७ गते शनिवार ०८:०८
प्रतिक्रिया दिनुहोस