
माया गर्दा तौल बढ्छ । यो कुरा हामीले होइन विभिन्न शोध एवं अनुसन्धानले पत्ता लगाएको छ । जो जोडी आफ्नो विवाहसँग निकै सन्तुष्ट र खुसी छन् उनीहरुको तौल बढ्ने विभिन्न अनुसन्धानले दाबी गरेका छन् ।
युनिभर्सिटी अफ नर्थ क्यारोलिनाले आठ हजार बढी व्यक्तिमाथि गरेको अनुसन्धानमा पत्ता लागे अनुसार विवाहको पाँच देखि ६ वर्षभित्र महिलाको १० किलो तौल बढ्छ । साथै, जो महिला आफ्ना पार्टनरसँगै बसिरहेका छन् तर विवाहित छैनन्, उनीहरुको तौल ९ किलोसम्म बढेको पाइयो । यसका साथै, जो महिला प्रेममा थिए तर पार्टनरसँगै बसिरहेका थिएनन्, उनीहरुको तौल पाँच किलोसम्म बढेको भेटियो ।
प्रकाशित मिति २०७५ माघ १० गते बिहिबार ०७:२९