११ माघ २०७५
पर्वतको कुश्मामा रहेको सामुदायिक रेडियो दिदीबहिनी ९५ं२ मेघार्हजले गर्न लागेको महिला महोत्सवको बिषयमा पर्वतका बिभिन्न विद्यालयमा पुगेर जानकारी प्रदान गराएको छ । रेडियोकी अध्यक्ष कल्पना चापागाईँले दिनुभएको जानकारी अनुसार सदरमुकाम कुश्मामा रहेको शिवालयमाध्यमिक विद्यालय र मोदी गाउँपालिकामा रहेको देउपुर नमूना अंग्रेजी आवासिय माध्यमिक विद्यालयमा पुगेर जानकारी गराएको बताउनु । भएको हो ।

रेडियोको आयोजनामा हुन लागेको महोत्सवमा विद्यालय तहका बालबालिकाहरु पनि सहभागी हुन मिल्ने खालका प्रतियोगिताहरु राखिएका कारण पर्वत जिल्ला सहित जिल्ला बाहिरका बिद्यालयहरुमा पनि पुगेर विद्यालय र विद्यार्थीहरुलाई महोत्सवको बारेमा जानकारी गराईएको हो । बिद्यालयमा भएका कार्यक्रममा बोल्दै रेडियोकी अध्यक्ष कल्पना चापागाईँले रेडियोले महोत्सवका अवसरमा आयोजना गर्न लागेका बिभिन्न प्रतियोगितामा सहभागी भएर बिद्यार्थीहरुले शारीरिक, मानसिक र संवेगात्मक विकास गर्न सक्ने उल्लेख गर्नुभयो ।

महिलाहरुको व्यवस्थानमा मात्र संचालित रेडियोले हरेक बर्ष महोत्सवको आयोजन ागर्न सफल हुनुमा सबैको साथ र समर्थ रहेको भन्दै सबैप्रति आभार पनि ब्यक्त गर्नुभयो ।रेडियो दिदीबहिनी ९५.२ मेगाहर्ज पर्वतको आयोजनामा हुन लागेको एघारौं गण्डकी प्रदेश स्तरीय महिला महोत्सव तथा रेडियोको नवौं बार्षिकोत्सव कार्यक्रम यही माघ २५ देखि फाल्गुण ५ गते सम्म हुँदै छ महोत्सवको आकर्षणको रुपमा तेश्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता माघको २८, २९ र फागुन १ गते तीन दिन सम्म चल्नेछ । गत वर्ष जस्तै कम्तीमा ६ टोलीबीच हुने प्रतियोगिताको विजेताले २ लाख, दोस्रो टोलीले १ लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्

प्रतियोगिता\मा तीन विभागिय टोली त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी क्लब, नेपाल एपिएफ क्लबसहित न्यू डायमन्ड एकेडेमी, पश्चिमाञ्चलको कुनै एक टोली, आयोजक दिदिबहिनी क्लबको सहभागिता रहने लगभग निश्चित छ । यसपटक अन्य २ क्लब पनि थप हुन सक्नेछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरि लिग कम नकआउटका आधारमा खेल हुनेछ । यस्तै खुल्ला दौड प्रतियोगिताको विजेताले २५ हजार, दोस्रो हुनेले १५ र तेस्रो हुने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दौडमा महिला पुरुषले एकै पटक दौडने छन् ।
भलिबल प्रतियोगिताको उद्घाटनकै माघ २८ गते दौड आयोजना गर्ने योजना रहेको छ । भलिबल प्रतियोगिताका दौरान जनप्रतिनिधि र संचारकर्मी बीच मैत्रीपूर्ण भलिबल खेलको पनि आयोजना गरिने रेडियोले जनाएको छ । २०६६ साल फागुन २४ गते १०९ औं अन्तर्रा्िष्ट्रय श्रमिक महिला दिवसका अवसरमा स्थापना भएकोे रेडियोले स्थापना कालदेखि नै पश्चिमाञ्चल स्तरीय महिला महोत्सवको आयोजना गर्दै आएको छ ।
प्रकाशित मिति २०७५ माघ ११ गते शुक्रबार ०४:५७