एघारौं गण्डकी प्रदेश स्तरीय महिला महोत्सव सुरु हुन २ हप्ता मात्र बाकि रहँदा तयारी तिब्र पार्दै ।

एघारौं गण्डकी प्रदेश स्तरीय महिला महोत्सव सुरु हुन २ हप्ता मात्र बाकि रहँदा तयारी तिब्र पार्दै ।

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ माघ १२ गते शनिवार ०९:०६

धौलागिरी मिडिया माग १२ पर्वत एघारौं गण्डकी प्रदेश स्तरीय महिला महोत्सव सुरु हुन २ हप्ता मात्र बाकि रहँदा तयारी तिब्र पार्दै शनिवार महिला समुह तथा स्थानीय महिला दिदि बहिनी संग अन्तरक्रिया गर्दै कार्यक्रम गरेको छ। शनिवार महिला...

धौलागिरी मिडिया माग १२ पर्वत
एघारौं गण्डकी प्रदेश स्तरीय महिला महोत्सव सुरु हुन २ हप्ता मात्र बाकि रहँदा तयारी तिब्र पार्दै शनिवार महिला समुह तथा स्थानीय महिला दिदि बहिनी संग अन्तरक्रिया गर्दै कार्यक्रम गरेको छ। शनिवार महिला समुह ,समाज सेवी संञ्चारर्कर्मी संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । सामुदायिक रेडियो दिदि बहिनी को आयोजनामा हुन लागेको महोत्सवमा महिला दिदि बहिनी सहभागि भई महोत्सवमा हुने प्रतियोगिता मा सहभागि हुने प्रतियोगिता रहेका कारण सहभागि हुन अध्यक्ष कल्पना चापागाईले आग्रह र्गनु भएको हो।

महिलाहरुको मात्र व्यवस्थापना संचालन मा आईरहेको रेडियोले हरेक बर्ष महोत्सवको आयोजना गर्न सफल हुनुमा सबैको साथ र समथर्न रहेको भन्दै सबैप्रति आभार पनि ब्यक्त र्गर्दै आगामि दिनमा पनि यस्तै सहयोग को अपेक्षा रहेको बताउनु भयो ।साथै महोत्सवमा जेष्ठ नागरीक ,अपाङ्ग, एकल महिला लाई टिकटको पैसा नलाग्ने भन्दै मरभुमिमा पाइने उट नेपालि गित मा नाच्ने राष्ट्र«य कलाकारको प्रस्तुति लगाएतका रमाईला कार्यक्रम हुने भएकाले सबैलाई सहभागि हुन आग्रह र्गनु भएको छ ।

उत्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुस्मा नगरपालिका उप्रमुख सिता काप्ले लामिछाने ले महिला हरुले संचालन गरेर यहाँ सम्म आईपुग्नु चान चुने चुनैती नभएको भन्दै आट गरेपछि जुन सुकै काम पनी र्गर्नै सकिन्छ भन्ने उदाहरण पनि दिदि बहिनी भएको बताउदै महिला आफै पनी अगाडि बढ्नु पर्नै भन्दै हरेक महिला दिदि बहिनीलाई अगाडि बढ्न आग्रह र्गनु भएको छ ।

कार्यक्रममा कुस्मा नगपालि ५ का वडा अध्यक्ष चित्र कला भारती ,वडा नं ४ का वडा अध्यक्ष मिना र्कमचार्य, संचारीका समुह तथा प्रेस युनियन पर्वतका अध्यक्ष माया अधिकारी ,उधोग बाणिज्य संघका महिला सभापति माया गिरि गुप्तेश्वर बहुमुखि क्याम्पसका सहयाक प्रमुख दुर्गा पन्त , लगाएत ले सुभकामना मन्तव्य ब्यक्त र्गनु भएको थियो । कार्यक्रममा बिभिन्न आमा सम्ुह समाज सेवि महिला दिदि बहनी को उपस्थीत रहेको थियो ।कार्यक्रममा संबिधान सभाका सदस्य तथा सामुदायिक रेडियो दिदि बहिनीका अध्यक्ष कल्पना चापागाईको अध्यक्षता भएको हो ।

कार्यक्रम यही माघ २५ देखि फाल्गुण ५ गते सम्म हुँदै छ महोत्सवको आकर्षणको पमा तेश्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता माघको २८, २९ र फागुन १ गते तीन दिन सम्म चल्नेछ । गत वर्ष जस्तै कम्तीमा ६ टोलीबीच हुने प्रतियोगिताको विजेताले २ लाख, दोस्रो टोलीले १ लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा तीन विभागिय टोली त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी क्लब, नेपाल एपिएफ क्लबसहित न्यू डायमन्ड एकेडेमी, पश्चिमाञ्चलको कुनै एक टोली, आयोजक दिदिबहिनी क्लबको सहभागिता रहने लगभग निश्चित छ । यसपटक अन्य २ क्लब पनि थप हुन सक्नेछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरि लिग कम नकआउटका आधारमा खेल हुनेछ ।

यस्तै खुल्ला दौड प्रतियोगिताको विजेताले २५ हजार, दोस्रो हुनेले १५ र तेस्रो हुने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दौडमा महिला पुरुषले एकै पटक दौडने छन् । भलिबल प्रतियोगिताको उद्घाटनकै माघ २८ गते दौड आयोजना गर्ने योजना रहेको छ । भलिबल प्रतियोगिताका दौरान जनप्रतिनिधि र संचारकर्मी बीच मैत्रीपूर्ण भलिबल खेलको पनि आयोजना गरिने रेडियोले जनाएको छ ।

२०६६ साल फागुन २४ गते १०९ औं अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा स्थापना भएकोे रेडियोले स्थापना कालदेखि नै पश्चिमाञ्चल स्तरीय महिला महोत्सवको आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति २०७५ माघ १२ गते शनिवार ०९:०६
प्रतिक्रिया दिनुहोस