जेनजी आन्दोलनका घाइतेलाई बचाउन पर्वत जेसीजको

जेनजी आन्दोलनका घाइतेलाई बचाउन पर्वत जेसीजको

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८२ भदौ ३१ गते मङ्गलबार ०१:४०

गत भदौ २३ गते जेनजी समूहको प्रदर्शनको क्रममा घाइते भई उपचाररत २८ वर्ष मुनिको जेनजी पुस्ताका लागि पर्वतमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । प्रहरीको तीब्र दमनका क्रममा गोली लागेका तथा लाठी चार्जबाट घाइते भई काठमाडौंका बिभिन्न...

गत भदौ २३ गते जेनजी समूहको प्रदर्शनको क्रममा घाइते भई उपचाररत २८ वर्ष मुनिको जेनजी पुस्ताका लागि पर्वतमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
प्रहरीको तीब्र दमनका क्रममा गोली लागेका तथा लाठी चार्जबाट घाइते भई काठमाडौंका बिभिन्न अस्पतालहरुमा उपचाररत युवाहरुलाई रगतको अभाव भएपछि पर्वत जेसिजले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कुश्माको लोकतान्त्रिचोकमा आयोजना भएको रक्तदान कार्यक्रममा ३० जना भन्दा बढीले रक्तदान गरेका छन् । उक्त रगत रक्तसञ्चार केन्द्र पर्वत हुँदै पोखरा गएको र त्यहाँबाट आवश्यकता अनुसार देशका अन्य ठाउँमा जाने पर्वत जेसीजका अध्यक्ष अच्युत पौडेलले बताउनुभयो ।
देशमा भ्रष्टाचारको अन्त्य हुनुपर्छ, राज्य सञ्चालन गर्नेहरुले युवाका आवाज सुन्नुपर्छ भनेर आन्दोलन गर्दा उनीहरुमाथि नै प्रहरीको दमन थियो । एकै दिनमा १९ जना विद्यार्थीहरुको मृत्यू हुने गरी भएको आन्दोलनका क्रममा सयौँ जना विद्यार्थीहरु घाइते अवस्थामा छन् । सामाजिक सञ्जालहरुमा काठमाडौंमा उपचाररत विद्यार्थीहरुलाई रगतको अभाव भएका पोस्टहरु देखिन थालेपछि पर्वत जेसीजले रक्तदान कार्यक्रमको आयोजना गरेको पर्वत जेसीजका अध्यक्ष अच्युत पौडेलले बताए । जेन जी आन्दोलनले देश तातिरहेको बेलामा, युवाहरु आन्दोलनमा होमिएको बेलामा रक्त बैंकहरु खाली हुन थालेपछि उपचारमा थोरै भए पनि सघाउन रक्तदान कार्यक्रमको आयोजना भएको पौडेलको भनाई छ ।
कोही एक व्यक्तिको रगतले देशका लड्ने कोही युवाको भविष्य बचाउन र रोईरहेकी कोही आमाको आसु थाम्नका लागि रक्तदान र्काक्रमले सहयोग गरेको छ । पर्वत जेसीजले घटनाले शासकीय संवेदनशीलताको गम्भीर अभाव प्रष्ट्याएको र यसले नागरिक माझ असन्तोष र अविश्वास बढाएको विज्ञप्तीमार्फत बताएको छ । युवाहरूले उठाएका प्रश्न र मागहरू केवल राजनीतिक मुद्दा मात्र नभएर न्याय, समानता र सुशासनको आधारभूत आवाज समेत भएको विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति २०८२ भदौ ३१ गते मङ्गलबार ०१:४०
प्रतिक्रिया दिनुहोस