नेपाल एसबिआई बैंकको सिन्धुली शाखाबाट ३ करोड लुटपाट

नेपाल एसबिआई बैंकको सिन्धुली शाखाबाट ३ करोड लुटपाट

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८२ माघ १ गते बुधबार ०९:१०

प्रहरीले सिन्धुलीस्थित नेपाल एसबिआई बैंक शाखाबाट मंगलबार बेलुकी ३ करोड बढी लुटपाट गरेर भाग्दै गरेको टाटा सुमो र चालकलाई पक्राउ गरेको छ। सिन्धुलीको घ्याङलेखस्थित नेपाल एसबिआई बैंक शाखाबाट लुटेराले मंगलबार साँझ ३ करोड १० लाख...

प्रहरीले सिन्धुलीस्थित नेपाल एसबिआई बैंक शाखाबाट मंगलबार बेलुकी ३ करोड बढी लुटपाट गरेर भाग्दै गरेको टाटा सुमो र चालकलाई पक्राउ गरेको छ।

सिन्धुलीको घ्याङलेखस्थित नेपाल एसबिआई बैंक शाखाबाट लुटेराले मंगलबार साँझ ३ करोड १० लाख रुपैयाँ बढी रकम लुटपाट गरेका थिए।

नेपाल प्रहरीका अनुसार लुटेराको टोली साँझ ७ बजे बैंक शाखा पुगेको थियो। घटनालगत्तै प्रहरीले खोजतलास गरेपछि १ करोड रुपैयाँ बढी रकम फेला पारेको बताइएको छ। सिन्धुली प्रहरीले घटनामा संलग्नको खोजी तीव्र पारिएको बताएको छ।

प्रकाशित मिति २०८२ माघ १ गते बुधबार ०९:१०
प्रतिक्रिया दिनुहोस