ग्लाेवल पर्वत समाजकाे अायाेजनमा फलेवासकाे देबिस्थानमा निशुल्क 1 दिने स्वास्थ्य शिबिर संचालन गर्दै

ग्लाेवल पर्वत समाजकाे अायाेजनमा फलेवासकाे  देबिस्थानमा निशुल्क 1 दिने स्वास्थ्य  शिबिर संचालन गर्दै

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८२ चैत ११ गते बुधबार ०६:२९

ग्लाेवल पर्वत समाजले  एक दिने स्वास्थ शिबिर संचालन गर्न भयकाे छ । पर्वतकाे फलेवास नगरपालिका काे देबिस्थानमा  2092 चैत्र  14 गते निशुल्क स्वास्थ शिबिर संचालन हुने भयकाे हाे ।चैत १४ गते शनिबार आयोजना हुने शिविरमा मुटुरोग विशेषज्ञद्वारा...

ग्लाेवल पर्वत समाजले  एक दिने स्वास्थ शिबिर संचालन गर्न भयकाे छ । पर्वतकाे फलेवास नगरपालिका काे देबिस्थानमा  2092 चैत्र  14 गते निशुल्क स्वास्थ शिबिर संचालन हुने भयकाे हाे ।चैत १४ गते शनिबार आयोजना हुने शिविरमा मुटुरोग विशेषज्ञद्वारा मुटुसम्बन्धी विस्तृत परीक्षण गरिनेछ। साथै मधुमेह (सुगर) तथा रक्तचाप (प्रेसर) जाँच, सामान्य रोगहरूको परीक्षण तथा आवश्यक स्वास्थ्य परामर्श सेवा उपलब्ध गराइने कार्यक्रम रहेको आयोजकले जनाएको छ। शिविरमा कार्डियो तथा डायबेटिक सम्बन्धी समस्यामा विशेषज्ञ चिकित्सकबाट परामर्श समेत प्रदान गरिनेछ।
स्वास्थ्य शिविरमा ओम मेगाश्री फार्मास्युटिकल्स र मेडिप्लस अस्पताल ट्रमा सेन्टर सह–आयोजकका रूपमा रहेका छन् भने कार्यक्रमको व्यवस्थापन फलेवास नगरपालिका नगर कार्यपालिकाको कार्यालय, खानीगाउँ पर्वत ले गर्नेछ।
ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा लिन कठिनाइ भोगिरहेका नागरिकलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य परीक्षण र परामर्श सेवा प्रदान गर्न लागिएको आयोजकले जनाएको छ। शिविरमा सहभागी भई सेवा लिन स्थानीय बासिन्दालाई समाजका नेपाल प्रतिनिधि मुना भुसालेेअाग्रह गर्नु भयकाे छ।ग्लाेवबल समाज पर्तले पर्वत जिल्लामा विभिन्न बिषयमा काम गर्दै अाईरहेकाे छ।

प्रकाशित मिति २०८२ चैत ११ गते बुधबार ०६:२९
प्रतिक्रिया दिनुहोस