सामुदायिक रेडियो दिदि बहिनीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, महोत्सव यहि फागुन २७ गते बाट सुरु हुने ।

सामुदायिक रेडियो दिदि बहिनीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, महोत्सव यहि फागुन २७ गते बाट सुरु हुने ।

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ माघ २४ गते बिहिबार ११:२७

  माग २४  पर्वत पर्वत सदरमुकाम कुश्माबजारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । माघ २७ गतेदेखि शुरु हुने गण्डकी स्तरिय महिला महोत्सवको पूर्व सन्ध्यामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदान नै जीवन दान भन्ने मुल नाराका...

 

माग २४  पर्वत

पर्वत सदरमुकाम कुश्माबजारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । माघ २७ गतेदेखि शुरु हुने गण्डकी स्तरिय महिला महोत्सवको पूर्व सन्ध्यामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदान नै जीवन दान भन्ने मुल नाराका साथ संचालन गरिएको कार्यक्रममा जनप्रतिनिधि, सञ्चारकर्मी , पर्वत जेसीज लगायत सामाजिक संघ संस्थाका प्रतिनिधिहरु गरी तीस जनाले रक्तदान गरेका छन् ।

कार्यक्रममा फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्मा र महोत्सवका मुल संयोजक कल्पना चापागाईले रक्तदान गरेर शुरुवात गर्नुभएको थियो । सो अवसरमा बोल्दै नगरप्रमुख शर्माले सञ्चार माध्यमहरुले हरेक क्षेत्रमा योगदान पु¥याउन सक्छन् भन्ने उदाहरण यस्ता सामाजिक क्रियाकलापले देखाएको बताउनुभयो ।

महोत्सव मुल आयोजक समितिका संयोजक कल्पना चापगाईले रगतको अभावमा कुनै नागरिकले पनि अकालमा ज्यान फाल्न नपरोस भनेर प्रत्येक वर्षको महोत्सवमा रक्तदान कार्यक्रम संचालन गर्र्दै आएको बताउनुभयो ।रक्तदान कार्यक्रमका लागि रक्तसञ्चार केन्द्र पोखराले प्राथमिक सहयोग गरेको थियो ।

यसैबीच ११ औ गण्डकी प्रदेश स्तरीय महिला महोत्सव तीन दुई दिन पछि सरेको छ । बिहीवारदेखि आएको मौसमको खराबीका कारण माघ २७ गतेदेखि फागुन ७ गते सम्म महोत्सव हुने भएको हो । अन्य कार्यक्रमहरु भने यथावतै रहेको बताइएको छ । २५ गतेदेखि निर्धा्रित कार्यक्रम २७ गतेदेखि शुरु हुने रेडियो दिदीबहिनीकी अध्यक्ष कल्पना चापागाईले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०७५ माघ २४ गते बिहिबार ११:२७
प्रतिक्रिया दिनुहोस