महेन्द्र जिसी २४ माघ पर्वत
२०७६ जेष्ठ ११ गते देखी आयोजना हुने गुप्तेश्वर धार्मीक मेला कोटी हुम तुला दान शिव पुराण महायज्ञको लागि मुल आयोजक समीती गठनमा समीती लागी परेको छ । मुल आयोजक समीतीले संस्थापन समीती निर्माणमा वडा स्तरीय कार्यक्रम गर्न लागको हो । विश्व कै अलौकिक एशिया कै लामो सात तले गुप्तेश्वर गुफलाई विश्व माझ चिनाउन र एशीया कै अग्लो शिव पार्वतीको प्रतिमा निर्माण गर्न आयोजना हुन लागको कोटीहोम महायज्ञमा पहीला कुश्मा नगर पालिक स्तरीय संस्थापन समीती निर्माणम लागएिको महासचिव अच्युत तिवारीले जानकारी दिनुभयो ।

अहीले सम्म ५६ सदस्यीय तुलादान संदस्यको नामावली आइसकेको समीतीले जएको छ । मुल आयोजक समीतीका संंयोजक पृथ्वी नारायण शर्माले आफुहरु भगवान शिव जी कै सन्तान रहेका कारण पनि पुर्खाको सम्झना सहीत धार्मीक पर्यटकीय संरक्षणको लागि पनि एैतिहाँसीक स्थलमा आयोजना हुन लागेको महायज्ञम सहभगिता जनाउन आग्रह गर्नुभयो,कार्यक्रममा तुला दान संयोजक मान कुमारी गिरीले विपन्न देखी सम्पन्न सबैले कोटीहोम सहीत तुला दान गर्न पाउने गरी व्यवस्थापन गरीएको बताउनु भयो । कम्तीम १ सय ५१ संस्थापक रहने महायज्ञमा ५६ जनाले नामावली उपलब्ध भईसकेको आयोजकले जनाएको हो । कुश्मा नगर पालिका सँगै जिल्लाका सबै स्थानीय तहमा पुगेर समीती गठन गरीने तुला दान संयोजक मान कुमारी गिरीले बताउनु भयो ।
प्रकाशित मिति २०७५ माघ २४ गते बिहिबार १२:२४