तेस्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाईनलमा शसस्त्र प्रहरी र न्यू डाएमण्ड एकेडेमी भिड्ने

तेस्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाईनलमा शसस्त्र प्रहरी र न्यू डाएमण्ड एकेडेमी भिड्ने

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ माघ २९ गते मङ्गलबार १२:२८

तेस्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाईनलमा शसस्त्र प्रहरी र न्यू डाएमण्ड एकेडेमी भिड्ने भएका छन्। लिग कम नक आउटको आधारमा भएको खेलमा शसस्त्र प्रहरीले नेपाल पुलिस क्लबको समूहलाई हराएको हो भने न्यू डाएमण्ड...

तेस्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाईनलमा शसस्त्र प्रहरी र न्यू डाएमण्ड एकेडेमी भिड्ने भएका छन्।

लिग कम नक आउटको आधारमा भएको खेलमा शसस्त्र प्रहरीले नेपाल पुलिस क्लबको समूहलाई हराएको हो भने न्यू डाएमण्ड एकेडेमीले त्रिभुवन आर्मी क्लबको समूहलाई पराजित गरेको हो। बेस्ट अफ फाईभ को आधारमा खेलाईएको पहिलो खेलमा शसस्त्र प्रहरी र नेपाल पुलिस क्लबको बीचमा प्रतिस्पर्धा भएको थियो। जसमा शसस्त्रले २५–१४, २५–१६, २५–१८ अंकको साथमा लगातार तीन खेलमा जित हात पार्दै पुलिसलाई पराजित गरेको हो।

यस्तै, दोश्रो खेलमा न्यू डाएमण्ड एकेडेमीले खेलेका ५ सेटमध्ये ३ सेट जितेर त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको हो। शुरुका २ सेट आर्मीले २५–१७ र २६–२४ को अन्तरमा तिजेको थियो। त्यसपछिका ३ सेट डायमण्डले २५–१८, २५–२२ र १७–१५ अंकको साथमा लगातार जितेको हो। प्रतियोगिताको फाईनल खेल बुधबार हुँदै छ। यसगैरी तेश्रो स्थानको लागि बुधबार नै आर्मी र पुलिसको टीम भिड्दै छन्।\

 

प्रतियोगितामा बिजेता बन्ने टोलीले २ लाख रुपैयाँ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छ। यस्तै, दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन्।

रेडियोले हरेक बर्ष महिला महोत्सवको अवसरमा राष्ट्रिय स्तरको महिला भलिबल प्रतियोगितको आयोजना गर्दै आएको छ। यस बर्षको प्रतियोगितामा कुल ५ समूहले भाग लिएका थिए। गण्डकी प्रदेशको टोली यसअघि नै प्रतिस्पर्धाबाट बाहिरिएको छ।

प्रकाशित मिति २०७५ माघ २९ गते मङ्गलबार १२:२८
प्रतिक्रिया दिनुहोस