पर्वतमा फेरी अर्को रिलायबल नेपाल लाईफ इन्स्योरेन्सको शाखा सचांलमा ।।

पर्वतमा फेरी अर्को रिलायबल नेपाल लाईफ इन्स्योरेन्सको शाखा सचांलमा ।।

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ फाल्गुण ३ गते शुक्रबार १२:५१

रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडको नयाँ शाखा पर्वतको सदरमुकाम कुश्माबजारमा शुभारम्भ भएको छ ।लामो समयदेखि जीवन विमामा सक्रिय इन्स्योरेन्सको ७३ औ शाखा शुक्रवारदेखि शुभारम्भ भएको हो । शाखाको शुभारम्भ गर्दै जिल्ला समन्वय...

रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडको नयाँ शाखा पर्वतको सदरमुकाम कुश्माबजारमा शुभारम्भ भएको छ ।लामो समयदेखि जीवन विमामा सक्रिय इन्स्योरेन्सको ७३ औ शाखा शुक्रवारदेखि शुभारम्भ भएको हो । शाखाको शुभारम्भ गर्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बी पौडेलले सम्भावित जोखिमहरुबाट बच्नका लागि बिमा अपरिहार्य भएको बताउनुभएको छ । उहाँले जीवन बिमा प्रत्येक नागरिकहरुले गर्नुपर्ने बताउँदै बिमा कम्पनीहरु पनि जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

 

पछिल्लो समय बिमा कम्पनीहरुको संख्या अत्याधिक मात्रमा बढेको बताउँदै यसलाई अस्वस्थ प्रतिस्पर्धाका लागि भन्दा पनि नागरिकमैत्री सेवा दिनुपर्नेमा जोड दिनुभयो । उहाँले बिमा कम्पनीले बिमकहरुलाई बिमा गर्नुपूर्व सवै जानकारी गराएर मात्र रकम लिन समेत सुझाव दिनुभयो ।कार्यक्रममा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले हरेक नागरिकका लागि बिमा अत्यावश्यक भएको बताउँदै बिमा कम्पनीहरुलाई पनि नाफामुखि नभई सेवामुखि हुन सुझाव दिनुभयो । उहाँले अझैपनि बिमा कम्पनीहरुले तल्लो तहका नागरिकको मन जीत्न नसकेको बताउनुभयो ।सो अवसरमा रिलायबल इन्स्योरेन्सका गण्डकी प्रदेश प्रमुख सरोज अधिकारीले बिमा कम्पनीका सेवा सुविधा र स्कीमहरुका बारेमा जानकारी दिनुभएको थियो ।कम्पनीको कुश्मा शाखाका प्रमुख उमाकान्त शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन बागलुङ शाखाका प्रमुख नारायण पौडेलले गर्नुभएको थियो ।

प्रकाशित मिति २०७५ फाल्गुण ३ गते शुक्रबार १२:५१
प्रतिक्रिया दिनुहोस