र्वतको जलजला गाउँपालिकाको उपल्लो भु–भागमा हुरीबतास सँगै परेको असिना पानीले आलु खेतीमा क्षति

र्वतको जलजला गाउँपालिकाको उपल्लो भु–भागमा हुरीबतास सँगै परेको असिना पानीले आलु खेतीमा क्षति

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ फाल्गुण ४ गते शनिवार १२:१३

पर्वतको जलजला गाउँपालिकाको उपल्लो भु–भागमा हुरीबतास सँगै परेको असिना पानीले आलु खेतीमा क्षति पु¥याएको छ । शुक्रबार साँझ ५ बजेको समयमा परेको असिना पानीले जलजला गाउँपालिकाको बनौ, नाग्लिवाङ, धाइरिङ, शालिजा, लेखफाँट लगायतका वडाहरुको...

पर्वतको जलजला गाउँपालिकाको उपल्लो भु–भागमा हुरीबतास सँगै परेको असिना पानीले आलु खेतीमा क्षति पु¥याएको छ । शुक्रबार साँझ ५ बजेको समयमा परेको असिना पानीले जलजला गाउँपालिकाको बनौ, नाग्लिवाङ, धाइरिङ, शालिजा, लेखफाँट लगायतका वडाहरुको उपल्लो भेगमा आलु खेतीमा क्षति पुगेको हो ।


माघ १३ गते पहिलोपटक परेको हिउँले आलु खेती फस्टाउने आशामा रहेका कृषकहरु त्यसपछि लगातार हिउँ र पछिल्लो पटक असिना समेत परेपछि समस्यामा परेका छन् । ‘पहिलोपटक हिउँ पर्दा आलु उत्पादन बढ््ने आशा थियो’ बनौँका स्थानीय आलु उत्पादक कृषक भिम फकामीले भन्नुभयो ‘त्यसपछि माघको २४ गते परेको हिउँ र अहिलेको असिनाले आलुलाई ढपक्कै पुरेको छ’ पर्वतको उच्च भु भागमा आलुको व्यवसायिक खेती गरिँदै आएको छ । आलुको व्यवसायिक खेती गरेका कृषकहरुलाई असिनाका कारण आलु कुहिने चिन्ताले पिरोलेको छ ।
शुरुमा परेको हिउँले सिंञ्चित हुन नपाएको खेतीका लागि राम्रै फाइदा गरेपनि त्यसपछिको हिउँ र असिनाले खेती नराम्रो सँग प्रभावित हुने कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मी बताउनुहुन्छ । हिमपातकै कारण चिसोले आलुका बिरुवा ओइलिएका र असिनाले झनै समस्या बनाएको बनौका अर्का कृषक चक्रबहादुर पुनले बताउनुभयो । उहाँका अनुसार शुक्रबार साँझ ५ बजेदेखि करिव १ घण्टा लगातार ४ इञ्च सम्म असिना परेको हो ।

प्रकाशित मिति २०७५ फाल्गुण ४ गते शनिवार १२:१३
प्रतिक्रिया दिनुहोस