यात्रा गर्दा ध्यान दिनु होला है कुश्मा–बलेवा यान्त्रिक पुल नियमित मर्मतका लागि बन्द, मर्मत गर्न एक हप्ता लाग्ने

यात्रा गर्दा ध्यान दिनु होला है कुश्मा–बलेवा यान्त्रिक पुल नियमित मर्मतका लागि बन्द, मर्मत गर्न एक हप्ता लाग्ने

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ फाल्गुण ११ गते शनिवार ०३:२९

कुश्मा–बलेवा यान्त्रिक पुल मर्मतका लागि बन्द भएको छ । नियमित मर्मत गर्न शुक्रबार दिउँसो देखि यान्त्रिक पुल बन्द गरिएको हो । पुलमा डब्बा तान्न प्रयोग भएका मसिना लठ्ठाहरुमा समस्या देखिएपछि मर्मतका लागि अनिश्चितकाल सम्म सेवा बन्द...

कुश्मा–बलेवा यान्त्रिक पुल मर्मतका लागि बन्द भएको छ । नियमित मर्मत गर्न शुक्रबार दिउँसो देखि यान्त्रिक पुल बन्द गरिएको हो ।
पुलमा डब्बा तान्न प्रयोग भएका मसिना लठ्ठाहरुमा समस्या देखिएपछि मर्मतका लागि अनिश्चितकाल सम्म सेवा बन्द गरिएको कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडका सञ्चालक केदारनाथ शर्माले जानकारी दिनुभयो ।


यान्त्रिक पुल बन्द हुँदा सर्वसाधारणहरुले सास्ती पाएका छन् । पर्वतको सदरमुकाम कुश्माबाट बागलुङ नगरपालिका १४ बलेवा सम्म जोडिएको उक्त पुलबाट दैनिक पाँच सय सर्वसाधारणहरु आवातजावत गर्दै आएका छन् । पुलका डब्बा तान्न प्रयोग हुने मसिना लठ्ठा १ १ वर्षमा खिईँदै आएकाले परिवर्तन गरिँदै आएको छ । तर यसपटक २५ महिना पछि मात्रै लठ्ठामा समस्या देखिएपछि जोखिम उठाउन भन्दा बन्द गरेर मर्मत गर्न लागिएको पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका सञ्चालक शर्माले जानकारी दिनुभयो ।

 

पुल मर्मत गर्न कम्तिमा एकहप्ता लाग्ने अनुमान छ । भारतबाट आइतबार सम्ममा प्राबिधिक आइपुग्ने र मर्मतको काम थाल्ने योजना रहेको छ ।यान्त्रिक पुल बन्द हुँदा सर्वसाधारणहरु एक घण्टाको घुमाउरो बाटो यात्रा गरि बडागाउँ– कैया झोलुङ्गेपुलको प्रयोग गरि आवातजावत गर्न बाध्य भएका छन् । यो पुल दक्षिणी बागलुङका एक दर्जन गाउँका बासिन्दाले प्रयोग गर्दै आएका छन् । पुल हेर्न आन्तरिक तथा बाह्य पर्यटकहरु समेत आउने गरेका छन् ।

पर्वतमा अहिले मगर महोत्सव र बागलुङको बलेवामा बलेवा महोत्सव चलिरहेको छ । यात्रुहरुको चाप बढिरहेका बेला पुल मर्मतका लागि बन्द भएपछि पुललाई एक हप्तामा १० लाख रुपैयाँ घाटा लाग्ने अनुमान गरिएको छ ।

यो पुल कुश्मा–बलेवा यान्त्रिक पुल २०६८ सालमा करिब चार करोडको लागतमा बनाईएको हो । एक डब्बामा एक पटकमा आठ जना गरी दुईमा १६ जना मानिस आवातजावत गर्दै आएका छन् ।

प्रकाशित मिति २०७५ फाल्गुण ११ गते शनिवार ०३:२९
प्रतिक्रिया दिनुहोस