पर्वतको दक्षिणी पर्वतमा डेढ सय किलोमिटर सडक कालोपत्रे गरेरै छाड्ने मन्त्री लम्सालको घोषणा

पर्वतको दक्षिणी पर्वतमा डेढ सय किलोमिटर सडक कालोपत्रे गरेरै छाड्ने मन्त्री लम्सालको घोषणा

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ फाल्गुण ११ गते शनिवार ०३:४५

पर्वतको दक्षिणी पर्वतमा डेढ सय किलोमिटर सडक कालोपत्रे गरेर छाड्रने मन्त्री लम्सालको घोषणा र्गनू भएको छ । प्रतिबद्धता गण्डकी प्रदेशका उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले पर्वतको दक्षिण क्षेत्रमा अबको तिन बर्ष...

पर्वतको दक्षिणी पर्वतमा डेढ सय किलोमिटर सडक कालोपत्रे गरेर छाड्रने मन्त्री लम्सालको घोषणा र्गनू भएको छ । प्रतिबद्धता गण्डकी प्रदेशका उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले पर्वतको दक्षिण क्षेत्रमा अबको तिन बर्ष भित्र १ सय ५० कि।मि। सडक कालोपत्रे गरेरै छाड्ने ठोकुवा गर्नुभएको छ ।पर्वतको विहादी गाँउपालिका वडा नं ६ स्थित शालिग्राम मा।वि।सेतीवेणीको ४६ औँ बार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै मन्त्री लम्सालले तिन बर्षमा मुख्य मुख्य सडकलाई कालोपत्रे गरी जनतालाई सहज तवरले यात्रा गराउने बताउनुभयो ।

फलेवासलुंखु हुदै हुवास,चिसापानी—वहाकीभञ्ज्याङ—पोखरीचौर हुदै खहरेखोला सडक, घोयनाउला—फलेवास ढिक सडक र फलेवास—कार्कीनेटा लगाएतका सडक खण्डहरु अबको तिन बर्ष भित्रमा कालोपत्रे गरिसक्ने गरि काम अगाडि बढेको उहाँको भनाई थियो ।
पर्वत क्षेत्र नं। २ मा मुडीकुवा देखि लमाएखोला सडक खण्डको ७।५ कि।मि। सडक बाहेक अरु कालोपत्रे हुन सकिरहेको छैन् ।
लमाएखोला देखि लुंखु सडक भने कालोपत्रे गर्ने गरि काम शुरु भईरहेको छ । चिसापानी देखि पोखरीचौर सडक कालोपत्रेको लागि टेन्डर आवाहन भएको छ भने आन्य मुख्यसडकहरु डेन्डरको प्रक्रियामा रहेका छन् । साथै बहुचर्चित उत्तर – दक्षिण जोड्ने कालिगण्डकी करिडोरको पर्वत खण्डमा तिब्र गतिमा काम भईरहेको छ । यस खण्डको सेतिवेणी( रानिपानी कुमाल गाँउ हुदै खबरको भिर सम्मको सडक समेत कालेपत्रे हुने प्रक्रियामा छ ।
यस बर्ष डेन्डरमा परेका सडकहरुको काम यसै बर्ष देखिनै शुरु हुने र बाकीँ सडकहरुको लागि आगामि प्रदेश सरकारको बजेटमा समावेश गरी डेन्डर प्रक्रियामा लैजाने मन्त्री लम्साललको भनाई थियो ।

विकास र समृद्धि राष्ट्रनिर्माणको आधार भएको बताउदै पर्वत क्षेत्र नं। २ का जनताले आफुप्रति आशा र विश्वास गरेकाले विकास र समृद्धिका लागि काम गर्ने बताउनुभयो ।
जनताका आधारभुत समस्याहरुलाई हल गर्दै लैजाने लम्सालको भनाई थियो ।
फरक प्रसंगमा मन्त्री लम्सालले अब स्वरोजगार र आत्मनिर्भर शिक्षा प्रणालीको खोजी गनुपर्नेमा जोड दिदै नेपालका लागि गुणात्मक शिक्षा नयाँ मोडल आवश्यक रहेको बताउनुभयो ।
रानिपानी आधारभुत बिद्यालयको ६८ औँ बार्षिकउत्सव समारोहलाई समेत सम्बोधन गरेका मन्त्री लम्सालले शिक्षा सुधारको काम स्थानिय स्तर बाटनै हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा विहादी गाँउपालिकाका अध्यक्ष कमल प्रसाद भुषालले समय सापक्ष अनुसार प्राबिधिक र व्यवहारिक शिक्षा लाईजोड दिनुपर्ने बताउनुभयो । मानिसहरु लाई रोजगारमुखी बनाउन व्यवहारिक शिक्षा आवश्यक रहेको उहाँको भनार्य थियो ।
कार्यक्रममा पैँयू गाँउपालिकाका अध्यक्ष खगेन्द्र प्रसाद तिवारी,नेकपा गण्डकी प्रदेशका सदस्य गगन ब।थापा,विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष खगेश्वर भुर्तेल,बिद्यार्थीको तर्फ बाट विपिन न्यौपाने लगाएतले बोल्नुभएको थियो ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीपती पौडेलकोको अध्यक्षतामा सम्पन्न बार्षिकोत्सव समारोहमा स्वागत मन्तव्य शिक्षक नारायण प्रसाद रेग्मी र कार्यक्रमको सञ्चालन शिक्षक पशुपति न्यौपानेले गर्नुभएको थियो ।

प्रकाशित मिति २०७५ फाल्गुण ११ गते शनिवार ०३:४५
प्रतिक्रिया दिनुहोस