तिब्र तयारीमा महोत्सव र कोटीहोम, कुश्मा नगरपालिका तीन दुर्लुङमा वडा समिति गठन ।

तिब्र तयारीमा महोत्सव र कोटीहोम, कुश्मा नगरपालिका तीन दुर्लुङमा वडा समिति गठन ।

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ फाल्गुण १३ गते सोमबार ०१:३१

आगामी जेठ १ गतेदेखि ११ गतेसम्म पर्वत सदरमुकाम कुश्माबजारमा आयोजना गरिएको गुप्तेश्वर बिराट धार्मिक मेला तथा कोटीहोमको तयारीका लागि दुर्लुङ्गमा पनि वडा समिति गठन गरिएको छ । सोमवार दुर्लुङ्गमा सम्पन्न भेलाले स्थानीय कमलार कमलराज...

आगामी जेठ १ गतेदेखि ११ गतेसम्म पर्वत सदरमुकाम कुश्माबजारमा आयोजना गरिएको गुप्तेश्वर बिराट धार्मिक मेला तथा कोटीहोमको तयारीका लागि दुर्लुङ्गमा पनि वडा समिति गठन गरिएको छ । सोमवार दुर्लुङ्गमा सम्पन्न भेलाले स्थानीय कमलार कमलराज पौडेलको अध्यक्षतामा ५१ सदस्यीय वडा समिति र सल्लाहकार समिति गठन गरेको छ । समितिको सचिबमा प्रभु गुरुङ्ग रहनुभएको छ । भेलालाई सम्वोधन गर्दै कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले समृद्ध कुश्मा सुखि कुश्मेलीको नारा सहित कुश्माको विकासमा जुटेको बताउनुभयो ।

उहाँले नगरभित्रका सवै सम्भावनाहरुलाई पहिचान गरि एकीकृत रुपमा विकास गरिने बताउँदै कुश्मामा हुन लागेको बिराट महायज्ञ र कोटीहोमले यस नगरपालिकाको आर्थिक विकास र पर्यटकीय पहिचानलाई राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय स्तरसम्म पनि प्रचारप्रसार हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले कुश्मा नगरपालिका धार्मिक एवम् पर्यटकीय सम्पदाले धनि भएकाले यसको अझै विकास गरी आन्तरिक तथा बाह्य पर्यटकको आवागमनलाई बृद्धि गर्न महायज्ञको भूमिका महत्वपुर्ण हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सवै नगरवासीलाई महायज्ञलाई भव्य र सभ्य बनाउनका लागि सहयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले इतिहासमै पर्वत जिल्लामा पहिलोपटक हुन लागेको यो विराट महायज्ञ र कोटीहोम पछि यस क्षेत्रको विकासले काँचुलि फेर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सवै नेपालीहरुलाई आवश्यक सहयोगका लागि आग्रह गर्नुभयो । कार्यक्रममा महायज्ञ मुल आयोजक समितिका संयोजक पृथ्वीनारायण शर्माले मानविय जीवनमा धार्मिक आस्थाको दृष्टिले गर्नुपर्ने सवै कर्महरु महायज्ञबाट हुने बताउँदै ति धार्मिक कृयाकलापमा सवै सहभागि हुन आग्रह गर्नुभयो ।

उहाँले सवै वर्ग, जातिको समान पहुँच हुनेगरी महायज्ञ संचालन गर्न लागिएको बताउँदै तुलादान लगायत महत्वपुर्ण धार्मिक अनुष्ठानलाई आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो । कुश्मा नगरपालिका वडा नं. ३ का अध्यक्ष तेजप्रसाद पाध्याको अध्यक्षतामा सम्पन्न भेलामा दुर्लुङ्गवासीहरुको बाक्लो उपस्थिति रहेको थियो । भेलाको संचालन महायज्ञ मुल आयोजक समितिका महासचिब अच्युत तिवारीले गर्नुभएको सचिब गोकुल चापागाईंले जानकारी दिनुभयो । कार्यक्रममा समितिका अन्य पदाधिकारीहरुको पनि सहभागिता थियो ।

प्रकाशित मिति २०७५ फाल्गुण १३ गते सोमबार ०१:३१
प्रतिक्रिया दिनुहोस