कुस्मा–७ मा दुई दिने बटारेको धुप बनाउने तालिम सुर
कुस्मा, पर्वत, जेठ — कुस्मा नगरपालिका वडा नं. ७ मा महिलाहरूलाई सीपमूलक तथा स्वरोजगारमुखी बनाउन उद्देश्यले दुई दिने बटारेको धुप बनाउने तालिम सुरु गरिएको छ। कुस्मा नगरपालिकाको आर्थिक सहयोग तथा धौलागिरि मिडिया प्रालिको सहजीकरणमा सञ्चालन भएको तालिमको उद्घाटन एक कार्यक्रमका बीच सम्पन्न भएको हो।

स्थानीय महिलाहरूलाई बटारेको धुप उत्पादन सम्बन्धी व्यावहारिक ज्ञान, सीप तथा उद्यमशीलता विकास गराउने उद्देश्यले दुई दिने तालिम सञ्चालन गरिएको हो।
तालिम कुस्मा नगरपालिका वडा नं. ७ मा सञ्चालन गरिएको छ।
तालिमको उद्घाटन आज सम्पन्न भएको हो भने तालिम दुई दिनसम्म सञ्चालन हुनेछ

उक्त कार्यक्रममा बाल्दै प्रमुख अतिथि कुस्मा नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष परशुराम पुरी ले स्थानीय स्रोत र साधनको सदुपयोग गर्दै महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले यस्ता सीपमूलक तालिमहरू प्रभावकारी हुने बताउनुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न सके महिलाहरूले घरेलु उद्योगमार्फत आयआर्जन गर्न सक्ने उल्लेख गर्नुभयो।
वडा अध्यक्ष पुरीले कुस्मा नगरपालिकाले उत्पादनमूलक तथा रोजगारमुखी कार्यक्रमलाई प्राथमिकतामा राखेको बताउँदै सीप सिकेर मात्र नबस्न सहभागीहरूलाई आग्रह गर्नुभयो। “तालिमबाट सिकेको सीपलाई व्यवसायमा रूपान्तरण गर्न सके आर्थिक अवस्था सुधारसँगै स्थानीय उत्पादनको प्रवर्द्धनमा समेत योगदान पुग्छ,” उहाँले भन्नुभयो।
उहाँले महिलाहरूको आर्थिक सशक्तीकरण र उद्यमशीलता विकासका लागि नगरपालिका आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्न प्रतिबद्ध रहेको बताउनुभयो। साथै स्थानीय स्तरमा उत्पादन हुने सामग्रीको प्रयोग र बजारीकरणमा सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो। कार्यक्रममा बिशष्ट अतिथि राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापति गौरव क्षेत्री, नेपाली कांग्रेसका वडा सभापति ख्यामनाथ शर्मा, नेकपा एमाले वडा कमिटी उपाध्यक्ष रामकृष्ण विक, वडा सदस्य मिठु शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
स्थानीय महिलाहरूलाई सीपमूलक ज्ञान प्रदान गरी स्वरोजगार तथा आयआर्जनका अवसर सिर्जना गर्ने, घरेलु उद्योगको विकासमा टेवा पुर्याउने तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।
कुस्मा नगरपालिकाको आर्थिक सहयोगमा तथा धौलागिरि मिडिया प्रालिको सहजीकरणमा सञ्चालन भएको तालिममा सहभागीलाई बटारेको धुप बनाउने प्रक्रिया, आवश्यक सामग्रीको प्रयोग, उत्पादन, प्याकेजिङ र बजारीकरणसम्बन्धी व्यावहारिक प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा वक्ताहरूले यस्ता सीपमूलक तालिमले महिलाहरूको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए। सहभागीहरूले समेत तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतारेर आयआर्जनको माध्यम बनाउने अपेक्षा व्यक्त गरेका छन्। भत्तेशस्वर मन्दिरका अध्यक्ष झलक प्राेखेलकाे अध्यक्षतामा भएकाे कार्यक्रम काे वडा सदस्य गंगा नेपाली ले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन धौलागिरि मिडिया प्रालिका सञ्चालक विष्णु सापकोटा ले गर्नुभएको थियो।
प्रकाशित मिति २०८३ जेठ २१ गते बिहिबार ११:२५