कुस्मा नगरपालिका वडा नं. ७ गोदाममा आयोजित दुईदिने बटारेको धुप बनाउने तालिम सम्पन्न

कुस्मा नगरपालिका वडा नं. ७ गोदाममा आयोजित दुईदिने बटारेको धुप बनाउने तालिम सम्पन्न

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८३ जेठ २३ गते शनिवार ०३:०२

कुस्मा नगरपालिका वडा नं. ७ गोदाममा आयोजित दुईदिने बटारेको धुप बनाउने तालिम सम्पन्न भएको छ।कुस्मा नगरपालीका काे अािथर्क सहयाेग तथा धाैलागिरी िमडीया प्राली काे सहजीकरण मा तालीम सम्मपन भएकाे हाे । स्थानीय महिलाहरूलाई सीपमूलक...

कुस्मा नगरपालिका वडा नं. ७ गोदाममा आयोजित दुईदिने बटारेको धुप बनाउने तालिम सम्पन्न भएको छ।कुस्मा नगरपालीका काे अािथर्क सहयाेग तथा धाैलागिरी िमडीया प्राली काे सहजीकरण मा तालीम सम्मपन भएकाे हाे ।

स्थानीय महिलाहरूलाई सीपमूलक ज्ञान प्रदान गर्दै स्वरोजगार तथा आयआर्जनका अवसर सिर्जना गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा ३७ जना महिलाहरूको सक्रिय सहभागिता रहेको थियो। तालिमको समापन समारोहका प्रमुख अतिथि कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण पौडेल रहनुभएको थियो। उहाँले स्थानीय स्रोत र सीपको सदुपयोग गर्दै महिलाहरूलाई आत्मनिर्भर बनाउन यस्ता तालिमहरू प्रभावकारी हुने बताउनुभयो।

सिकेको सीपलाई व्यवहारमा उतारी उत्पादन र बजारीकरणतर्फ अग्रसर हुन सहभागीहरूलाई आग्रह गर्नुभयो। सहभागीहरूको तर्फबाट प्रेमकुमारी गिरी, कलावती पुरी, शान्ति सापकोटा र तिला शर्मा पोख्रेल ले तालिमबाट धुप निर्माण सम्बन्धी व्यावहारिक ज्ञान प्राप्त भएको बताउँदै आगामी दिनमा यसलाई आयआर्जनसँग जोड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

समापन कार्यक्रममा रोटरी क्लब अफ पर्वतका पूर्व अध्यक्ष ब्रदी गिरी, वडा सदस्य ईश्वरी आचार्य, समाजसेवी रामजी आचार्य, कृष्ण आचार्य लगायतको उपस्थिति रहेको थियो। उपस्थित वक्ताहरूले महिलाहरूको आर्थिक सशक्तीकरणका लागि सीपमूलक कार्यक्रमहरू आवश्यक रहेको धारणा राख्नुभएको थियो।

तालिममा धुप निर्माणका लागि आवश्यक कच्चा पदार्थको छनोट, मिश्रण, तयारी, बटार्ने विधि, सुकाउने प्रक्रिया तथा बजारीकरण सम्बन्धी व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रमको सञ्चालन पत्रकार विष्णु सापकोटा ले गर्नुभएको थियो। आयोजक संस्थाले तालिमबाट प्राप्त सीपले सहभागी महिलाहरूको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।तालीमकाे प्िशक्षक मञ्जु  श्रेष्ठ रहनु भएकाे िथयाे

प्रकाशित मिति २०८३ जेठ २३ गते शनिवार ०३:०२
प्रतिक्रिया दिनुहोस