पर्वतको कुश्मा नगरपालिका ४ मा रहेको नारायण माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत बिद्यार्थीहरुको लागि शुभकामना प्रदान कार्यक्रम सम्पन्न भएको छ । बिद्यालयको कक्षा ९ मा अध्ययनरत बिद्यार्थीहरुले कक्षा १० मा अध्ययन गरेर अब एस.ई.ई. परीक्षाको तयारीमा रहेका ९५ जना बिद्यार्थीहरुलाई शुभकामना प्रदान कार्यक्रमको आयोजना गरेको बिद्यालयले जनाएको छ ।

कार्यक्रममा बोल्नुहुँदै बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमाकान्त शर्माले बिद्यार्थीहरुको उद्धेश्य भनेको देशको लागि असल नागरिक बन्नु भएकोले बिद्यार्थीको पहिलो लक्ष्य असल ब्यक्ति बन्छु भन्ने हुनुपर्ने उल्लेख गर्नुभयो । त्यस्तै, आउँदो चैत १० गतेबाट शुरु हुने परीक्षा मुखैमा आएका कारण आप्mनो मिहिनेतलाई निरन्तरता दिन पनि उहाँले बिद्यार्थीलाई अनुरोध गर्नुभयो । यस्तै, बिद्यालयका प्राचार्य अम्बिकादेवी लोहनी आचार्यले बिद्यार्थीहरुको निरन्तरको मिहिनेतले मात्र उनीहरुलाई सफल बनाउन सक्ने भएकोले सोही अनुसार मिहिनेतलाई निरन्तरता दिन अनुरोध गर्नुभयो ।
कक्षा १० को परीक्षा सकेर जाने बिद्यार्थीहरु कक्षा ११ मा आउने भएकोले उहाँले कक्षा ११ लागि पनि सबैलाई स्वागत गर्नुभयो । कार्यक्रममा बोल्दै बिद्यालयका शिक्षक गोविन्द पोखरेल र दयाशंकर उपाध्यायले बिद्यार्थीहरुलाईए सघाउनको लागि शिक्षकहरु जतिबेला पनि तयार रहेको बताउँदै आउँदै गरेको एस.ई.ई. परीक्षाको अन्तिम तयारीमा जुट्न र राम्रो ग्रेडको साथमा कक्षा ११ मा प्रवेश गर्न शुभकामना दिनुभयो ।
कक्षा ९ मा अध्ययनरत बिद्यार्थी राजीव सुवेदीको अध्यक्षतमा भएको कार्यक्रममा कक्षा १० र कक्षा ९ मा अध्ययनरत बिद्यार्थीहरुले आप्mनो भनाई राखेका थिए । छात्राद्धय राज बी पौडेल र सदीक्षा गौतमले संचालन गर्नुभएको कार्यक्रममा बिद्यार्थीहरुले बिभिन्न नृत्य र गीतहरु प्रस्तुत गरेका थिए । आज नै कक्षा १० को उपलब्धि मापन परीक्षाको नतिजा पनि प्रकाशन गरिएको बिदालयले जनाएको छ ।
प्रकाशित मिति २०७५ फाल्गुण २३ गते बिहिबार ०१:५३