शंकर पोखरीमा बृहत खानेपानी लिप्ट खानेपानी आयोजना शुरु प्रदेश मन्त्री बस्नेतद्धारा शिलान्यास

शंकर पोखरीमा बृहत खानेपानी लिप्ट खानेपानी आयोजना शुरु प्रदेश मन्त्री बस्नेतद्धारा शिलान्यास

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ फाल्गुण २४ गते शुक्रबार ११:०६

महेन्द्र जिसि जिल्लाकै काकाकुलको रुपमा रहेको पर्वतको फलेवास नगर पालिकाको तीन शंकर पोखरीमा वृहत लिप्ट खानेपानी आयोजना शुरु भएको छ । शंकरपोखरीमा रहेका ७ सय ६३ घरधुरीका ५ हजार ५ सय ६९ जनसंख्या खानेपानीको सुविधा पु¥याउने उदेश्यले...

महेन्द्र जिसि
जिल्लाकै काकाकुलको रुपमा रहेको पर्वतको फलेवास नगर पालिकाको तीन शंकर पोखरीमा वृहत लिप्ट खानेपानी आयोजना शुरु भएको छ । शंकरपोखरीमा रहेका ७ सय ६३ घरधुरीका ५ हजार ५ सय ६९ जनसंख्या खानेपानीको सुविधा पु¥याउने उदेश्यले खोनपानी आयोजना शुरु भएको हो । बुधबार गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले आयोजनाको शिलन्यास गर्नुभएको हो । आयोजना शिलान्यास गर्दैै मन्त्री बस्नेतले प्रदेशले समृद्धिका चार आधारलाई प्रमुखताका साथ लिएको बताउनुभयो ।

पर्यटन, उर्जा, कृषि र खनिजको समुचित प्रयोग गरि प्रदेशलाई समृद्ध बनाउन चाहेको बताउँदै मुख्य स्वच्छ खानेपानी रहको उल्लेख गर्नुभयो । बजेटको कमी नभएको बताउँदै लक्षीत वर्ष भित्रै आयोजना सम्पन्न गर्न उपभोक्ता तथा निर्माण समीतीलाई आग्रह गुर्नभएको हो ।कुल १५ करोड २९ लाख ३० हजार ८ सय २ रुपैयाँको लागतको आयोजनाले ७ सय ६३ घरधुरीका ५ हजार ५ सय ६९ जनसंख्या खानेपानीको सुविधा पु¥याउने भएकोहो । आयोजना देखी न २७ किलोमिटर टाढा लमाएखोलामाबाट विद्युती पम्प मार्फत पानी तालेर एक घर एक घारा अवधारणा अनुरुप आयोजना अगाढी बढने खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले जनाएको छ ।

कार्यक्रममा मन्त्रालयका सचिव ईश्वर मरठठाले आयोजनाको कुल लागत र आयोजनाको डिपिआर प्रस्तुत गर्नुभएको हो । मुख्य पानी संकलनका लागि दुई टयांकी निर्माण गरेर वितरणको लागि एक दर्जन टयाँङ्की निमार्ण गर्नुपर्ने डिपिर तयार भएको बताउँदै डेड करोड बराबरको श्रमदान समेत उपभोक्ता समीतीले व्यहोर्नु पर्ने बताउनु भयो ।

मुहान एक र मुख्य पानी संकलनका लागि दुई टयांकी निर्माण गरेर प्रशोधन स्थलमा पानी पु¥याएपछि एक दर्जन वितरण टयाँङ्की निमार्ण गर्नुपर्ने डिपिर तयार भएको मन्त्रालयले जनाएको छ । वितरण टयाँङ्की मार्फत उपभोक्ताको घरघरमा पानी पु¥याईने खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख प्रेमप्रसाद डोटेलले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सरकारले यो आयोजनालाई गौरवको आयोजनामा राखेको छ । आयोजनाको उक्त खानेपानी आयोजना २ वर्ष्भित्र सक्ने लक्ष्य छ । जिल्लाकै सबैभन्दा ठुलो वडा रहेको शंकरपोखरीमा खानेपानीको चरम समस्या छ । स्थानीय वासिन्दा खानेपानी आयोजनाको काम शुरु भएकोमा खुशी भएका छन् । आयोजना उपभोक्ता समितिका अध्यक्ष शिवप्रसाद तिवारीले आयोजनाको काम तोकिएको समयमा पुरा गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।कार्यक्रमको सञ्चालन सचिव कमल भुसालले गर्नुभएको हो ।

प्रकाशित मिति २०७५ फाल्गुण २४ गते शुक्रबार ११:०६
प्रतिक्रिया दिनुहोस