१०९ औ अन्तराष्ट्रिय महिला दिवसको अबसरमा हरेका ठाउँमा महिलाको श्रमको सम्मान गरौ संबिधानमा लेखिएका अधिकारको कार्यन्वयन गरौ भन्ने मुल नार संगै ¥याली तथा अन्तरक्रिया कार्यक्रम गरेर मनाएको छ। अझै पनि महिला हिंसा नरोकिएको कार्यक्रममा बोल्ने बक्ता ले बताएका छन्। मोदी गाउँ पालिका र मोदी महिला सशक्तीकरण केन्द्र द्घुवार सञ्चालन भएको कार्यक्रममा जति अधिकार का कुरा गरेपनि हरेक ठाउँमा नारी हेपिने बलात्कार ,घरेलु हिंसा नघटेको बताएका हुन ।

कार्यक्रममा पछिल्लो सरकार गठनपछि महीला हिँशा बढेको तथा बालिका बलत्कार जस्ता जघन्य अपराध बढदा समेत सरकारले वेवास्ता गरेको आरोप लगाएका छन । सरकारले संसददेखी प्रदेश र स्थानीय तहमा महीला प्रतिनिधिको सहभागिता गराएपनि अधिकार पुर्ण रुपमा नदीएको अधिकारकर्मीहरुले गुनासो गरका हुने ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा मोदी गाउँ पालि
का उपप्रमुख सेति महतले सरकारमा महिलाहरुको प्रतिनिधित्व गराए पनि संघिय सरकारले कानुनको व्यवस्था नगर्दा समस्या भैरहेको उल्लेख गर्नुभयो ।उहाले आगामी वर्ष देखी महीलाका घरआगन देखी सार्वजनीक रुपमा देखीएका समस्या समाधान हुने दावी गर्नुभयो । कार्यक्रमा नेपालको संबिधान को बारेमा महिला अधिकार सम्बन्धी बिषयमा महिला का हक के छने ,कतिपय महिला दिदि बहिनी जानाकारी नभएको भन्दै संबिधान मा महिला अधिकारका कुराको बारेमा मोदी गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत कुमान सिंह गुरुङले जानाकारी गराउनु भएको थियो भने ।

कार्यक्रममा नेपाली महिला आन्दोलन र आगामि कार्यभार विषयमा राजेन्दै पहाडी ले कार्यपत्र प्रस्तुत र्गनु भएको प्रमुख प्रशासकिय अधिकृत कुमान सिंह गुरुङले धौलागिरि मिडियालाई जानाकारी दिनु भएको छ। मोदी शसक्तीकरण केन्द्रकी अध्यक्ष हिरादेबि र्शमा को अध्यक्षता ,लैगिक समानता शाखाकी सुशीला अधिकारले को सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा बिभिन्न महिला अधिकार र्कर्मी तथा महिला समुह सञ्चारर्कर्मी लगाएतको उपस्तिती रहेको कार्यकारि प्रमुख कुमान सिंह गुरुङले धौलागिरि मिडियालाई जानाकारी दिनु भएको छ।
प्रकाशित मिति २०७५ फाल्गुण २४ गते शुक्रबार ०३:४१