
विवाद समाधानमा स्थानिय तह बिषयक कार्यशाला अभिमुखिकरण पर्वतमा सुरु भएको छ। पर्वतका जनप्रतिनिधिलाई स्थानिय तहमा बिवाद समाधान र मानव अधिकारका बिषयमा पर्वतमा दुई दिने कार्यशाला कार्यक्रम सुरु भएको छ। दुई दिन सम्म सञ्चालन हुने कार्यक्रममा आयोगका सदस्य गोविन्द पौडेल सहित महान्याधिबक्ता डा. राजेन्द्र घिमिरे, जिल्ला न्यायधिश सुर्यबहादुर थापा तथा अन्य विभिन्न कानुन विज्ञहरुबाट प्रशिक्षण सञ्चालन हुने आयोगले जनाएको छ। उद्धघाटन शत्रमा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले मानव अधिकार उल्लंघनका घटना क्षमा नहुने बताउनु भएको छ .

कार्यशालामामा पर्वतका २ नगरपालिका र ५ गाउँपालिका सहित जिल्ला समन्वय समितिका पदाधिकारी तथा सदस्यहरु को सहभागिता रहेको छ ।कार्यक्रममा गण्डकी प्रदेश सरकारका मुख्य महान्यायधिबक्ता डा. राजेन्द्र घिमिरे ,जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर वि. पौडेल, पैञ्यु गाउँपालिका प्रमुख खगेन्द्र तिवारी, फलेवास नगरपालिकाका उपप्रमुख मञ्जु अधिकारी लगायतले बोल्नुभएको थियो । आयोगका गण्डकी प्रदेश कार्यालय प्रमुख दिपकध्वज जंग कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन आयोगकी रश्मी राईको स्वागत र आयोगका मानवअधिकार अधिकृत टंक खनालले र्गनु भएको थियो ।
।
प्रकाशित मिति २०७५ चैत १३ गते बुधबार १२:३५