काठमाडौँ । केही दिनदेखि निरन्तर ओरालो क्रममा रहेको सेयर बजार मंगलबार झन ठूलो अन्तरले ओरालो लागेको छ । मङ्गलबार सेयर बजार नाप्ने नेप्से परिसूचक २० दशमलव ६४ अंकले ओरालो लाग्दा परिसूचक १४४७ दशमलव शून्य चार अंकमा पुगेर अडिएको छ । लामो समयमा १५ सयबाट तल झरेको सेयर बजार मङ्गलबार अर्को रेकर्ड बनाउँदै साढे १४ सयबाट तल झरेको हो ।
अघिल्लो साताबाटै निरन्तर गिरावट भइरहेको सेयर बजारले यो साताको शुरूवातदेखि नै निरन्तर ओरालो झरेको हो । आइतबार नेप्से परिसूचकाङ्क चार दशमलव १६ अंकले ओरालो लागेर एक हजार ४६७ दशमलव ९९ मा पुगेको हो ।
मङ्गलबार अन्यबाहेक सबै उपसूचक ओरालो लागेका छन् । सबैभन्दा धेरै बीमा समूह १३८ दशमलव ८१ अंकले ओरालो लागेको छ । बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत, फाइनान्स, उत्पादनमूलक र लघुवित्त क्रमशः २८ दशमलव २१, चार दशमलव ७३, २३ दशमलव ४४, ३६ दशमलव ९१, ३६ दशमलव ६२, १६ दशमलव १६, ३० दशमलव ५९ र ३२ दशमलव ६७ अंकले ओरालो लागेका छन् । अन्य समूह छ दशमलव ९४ अंकले उकालो लागेको छ ।
दिनभरमा १५९ वटा कम्पनीको १० लाख ३८ हजार दुई सय ९८ कित्ता सेयर छ हजार दुई सय पाँच पटक खरिदबिक्री हुँदा ५४ करोड दुई लाख ९१ हजार एक सय ४४ रुपियाँको कारोबार भएको छ । स्टान्डर्ड चार्टर्ड बैंकको आठ करोड र नेपाल टेलिकमको छ करोड ९३ लाख तथा एभरेष्ट बैंक र चिलिमे हाइड्रोको दुई करोडमाथिको कारोबार भएको छ । नेपाल बैंक, प्रभु बैंक, बुटवल पावर कम्पनी, एनसीसी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स लगायतको एक करोडमाथिको कारोबार भएको छ ।
मङ्गलबार जम्मा १३ कम्पनीका सेयरधनीले कमाएका छन । महुली सामुदायिक लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै नौ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । वल्र्ड मर्चेन्ट बैंकिङ, महिला सहयात्रा माइक्रोफाइनान्स, नेपाल टेलिकम, छ्याङ्दी हाइड्रो, ग्रीन डेभलपमेन्ट बैंक, सहयोगी विकास बैंक, किसान माइक्रोफाइनान्स, नविल ब्यालेन्स फण्ड, नयाँ नेपाल लघुवित्त, कर्णाली डेभलपमेन्ट बैंक, प्राइम बैंक र एनएमबि हाइब्रिड फण्डका सेयरधनीले पनि कमाएका छन् ।

प्रोग्रेसिभ फाइनान्सका सेयरधनीले छ प्रतिशत तथा सांग्रिला डेभलपमेण्ट बैंक, अरुण फाइनान्स र भार्गव विकास बैंकका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । मिथिला लघुवित्त, एनएमबि माइक्रोफाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, गण्डकी विकास बैंक, लुम्बिनी विकास बैंक, लुम्बिनी जनरल इन्स्योरेन्स लगयतका सेयरधनीले पनि गुमाएका छन् ।
आइतबार नेप्सेमा कुल १६१ कम्पनीको ६ हजार ६४ कारोबारबाट १४ लाख ५७ हजार ४२० कित्ता सेयरको कारोबार भई ५५ करोड ९५ लाख ८२ हजार ८४० रुपियाँ बराबरको सेयर खरिद बिक्री भएका थिए ।
नेप्सेमा आइतबार उच्च कारोबार हुने कम्पनीमा स्टयाण्र्डड चार्टर बैंक अग्रस्थानमा रहेको थियो । सो बैंकले नेपाल राष्ट्र बैंकले तोकेको आठ अर्बको चुक्ता पूँजी पु¥याउने सिलसिलामा शतप्रतिशत बोनस सेयर दिने निर्णय गरेसँगै आइतबार मात्र आठ करोड ४५ लाख रुपियाँ नजिक कारोबार भएको थियो ।
नेप्सेमा उच्च कारोबार हुने अन्य कम्पनीहरुमा जनता बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, प्रभु बैंक सस्थापक सेयर, नेपाल टेलिकम, एभरेष्ट बैंक, हिमालयन बैंक, निर्धन उत्थान बैंक, प्रभु बैंक, राष्ट्रिय बीमा कम्पनी लगायतका संस्था रहेका थिए ।
प्रकाशित मिति २०७४ पुस ११ गते मङ्गलबार ०५:१४