सय २० केभी क्षमता विद्युतीय लाईन घरमाथीबाट विस्तार हुदाँ पर्वतको खुर्कोट बासी आतंकीत

सय २० केभी क्षमता  विद्युतीय लाईन घरमाथीबाट विस्तार  हुदाँ पर्वतको खुर्कोट बासी आतंकीत

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ चैत १९ गते मङ्गलबार ०३:०७

महेन्द्र जिसी म्याग्दी र मुस्ताङमा निर्माणाधीन जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत केन्द्रिय प्रशारण लााईनमा जोड्ने गरी पर्वतको कुश्मा नगर पालिका २मा शब स्टेशन राखीएको छ । २२० केभी क्षमताको ३९ किलोमिटर लामो प्रशारण...

महेन्द्र जिसी
म्याग्दी र मुस्ताङमा निर्माणाधीन जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत केन्द्रिय प्रशारण लााईनमा जोड्ने गरी पर्वतको कुश्मा नगर पालिका २मा शब स्टेशन राखीएको छ । २२० केभी क्षमताको ३९ किलोमिटर लामो प्रशारण लाईन र सब स्टेशन निर्माण कार्य अन्तीम चरणमा पुग्दा प्रभावित बासीन्दा आतंकीन बनेका छन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना र पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा विद्युत सबस्टेशन निर्माण भैरहँदा स्थानीय आतंकीन बनेका हुन ।

सब शब स्टेशनले फाल्ने विद्युतीय रेडिएसको मानव स्थाथ्य सँगै पशु चौपाय खेतीवालीमा असर पार्ने भन्दै स्थानीयले विरोध गरेका हुन । आयोजनाले सम्झौता विपरीत पोलहरु गाडेर तार टाँग्दा बस्तीका घर माथी परेको भन्दै स्थानीयले विरोध तिब्र पारेका छन । दाना–खुर्कोटसम्म ११४ वटा टावर राखेर तार विस्तार गर्दा घर माथी नै विद्युतका तार पारेका कारण मानव स्वाथ्यमा असर पुग्ने भन्दै स्थानीयले जिल्ला प्रशासन पर्वत र नगर पालिका तथा आयोजनाको मुख्य कार्यलयमा आवेदन दिएका हुन । स्थानीयहरुले दुई सर घर जोखीममा परेको भन्दै विद्युतका पोल बस्ती बाहीरबाट विस्तार गर्न माग गर्दै आएका छन ।एशियालि विकास बैंकको दुई अर्ब ९० करोड लगानीमा निर्माण भईरहेको आयोजनाको काम टाटा प्रोजेक्ट्स र चिन्ट ईलेक्ट्रीक जेभीले गर्दै आएको छ । निर्माणको अन्तीम चरणमा प्रभावित बासीन्दालाई विद्युतीय असर र वातावारणीय प्रभावको तालिम प्रदान गरेको थियो ।
तालिममा विद्युतीय असर जानकारी भएपछि स्थानीयले विरोध जनाउन थालेका हुन । तालिम प्रशिक्षणका क्रममा विद्युतका पोल वर पर ७ मिटर टाडा खेती गर्ने र तार मुनी बाट गर्भवती जेष्ठ नागरीक मुटु तथा दिर्घ रोगीहरु नहीडन प्राधिकरणले सुझाएपछि आँफुहरुको घर नै तार मुनी परेको भन्दै स्थानीय आतंकीत भएका हुन ।आयोजनाले कुश्मा दुईमा ९३ रोपनी जग्गा अधिग्रहण गरेर शब स्टेशन निर्माण गरीरहेको छ ।

यसै शब स्टेशनको उपयोगका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ५ मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको मिस्त्रीखोला, १४ मेगावाटको घारखोला, १०० मेगावाट यस्तै घुगंगा गाउँपालिकामा ४० मेगावाटको निलगिरी र निलगिरी क्यास्केट निर्माणाधिन अवस्थामा अन्नपूर्ण गाउँपालिकामै १६४ मेगावाटको कालीगण्डकी गर्ज, ६२ मेगावाटको निलगिरी, ३८ मेगावाट विद्युत उत्पादनको क्रममा रहेका हुन । निर्माण भईसकेका घरमा कोरीडोरको लाईन विस्तार भएपछि नगर पालिकाले समेत नक्सा नियमीत गर्न नमाने पछि प्रभावित बासीन्दा थप चिन्तामा परेका हुन । वाडा अध्यक्ष यदु नाथ वस्तोलाले आफुले जिल्ला प्रशासन , कुश्मा नगर पालिका जिल्ला समन्वय समीती सबैका हार गुहार गरेको भएपनि उचित सुनुवाई नभएको बताउनु भयो ।
कुश्मा नगर पालिका वाड नम्बर दुईका मात्र दुई सय घर प्रभावित भएको वाडा कार्यालयले जनाएको छ । आयोजनाका सामाजीक विकास अधिकृत प्रमोद नेउपानेले आयोजनाले ९० प्रतिशत काम सकाईसकेका कारण स्थानीयको कुनै पनि समस्या समाधान गर्न नसकीने बताउनु भयो । आँफुहरुले प्रशिक्षणका क्रममा शब स्टेशन वरपर १५ मिटर र पोल तथा तार वरपर ७ ÷७ मिटर नवस्न तथा खेती पाती नगर्न आग्रह गरेको बताउँदै आयोजना निर्माणको अन्तीम चरणमा स्थानीले विरोध गर्नु गलत भएको बताउनु भयो । कालीगण्डकी कोरीडोर प्रशारण लाईन आयोजना अन्तरगत सन २०१६ देखि म्याग्दीको दाना र पर्वतको खुर्कोट मा प्रशारण लाईन र सब स्टेशन निर्माण सुरु गरेको हो ।

प्रकाशित मिति २०७५ चैत १९ गते मङ्गलबार ०३:०७
प्रतिक्रिया दिनुहोस