इकोनोमिक खबर । जेसीबी र एनसीसी बैंकबीच फाइनान्सिङ सम्बन्धी सम्झौता भएको छ । जेसीबीले ल्याएको नयाँ अफरमा एनसीसी बैंकले फाइनान्स सुविधा उपलब्ध गराउने भएको छ । यसको लागि बुधबार एमएडब्लु अर्थमुभर्सका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल र एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो ।
नेपालका लागि जेसीबी निर्माण तथा हेभी इक्विपमेन्टको आधिकारिक बिक्रेता एमएडब्लु अर्थमुभर्सले २० प्रतिशत डाउनपेमेन्टमा जेसीबी मेसिन खरिद गर्न सकिने योजना ल्याएको हो । योजना अनुसार ग्राहकले मात्र २० प्रतिशत डाउन पेमेन्टमा जेसीबी ब्रान्डका मेसिन खरिद गर्न पाउनेछन् । यसअघि यस्तो मेसिन २० प्रतिशत डाउनपेमेन्टमा खरिद गर्न पाउने योजना नरहेको कम्पनीको दाबी छ ।
योजना अनुसार ग्राहकले जेसीबी मेसिन खरिद गर्दा एनसीसी बैंकमा मूल्यको २० प्रतिशत रकम डाउन पेमेन्ट गर्दा हुने बैंकका प्रमुख कार्यकारी अधिकृत अर्यालले जानकारी दिनुभयो ।
यस्तो कर्जा पाँच वर्षको हुने सो कार्यक्रममा जानकारी दिइयो । कर्जाको ब्याजदर प्रचलित दर अनुसारै हुने बैंकले जानकारी दिएको छ । मेसिनको मूल्य साढे ९२ लाख रूपैयाँदेखि एक करोड ३८ लाख रूपियाँसम्म पर्ने प्रालिका प्रबन्ध निर्देशक अग्रवालले जानकारी दिनुभयो । मेसिनको एक वर्षसम्मको बीमा प्रालिले आफ्नो तर्फबाट गरिदिने जनाएको छ ।
यो योजनालाई आकर्षक बनाउन ‘विकासका लागि निर्माण, निर्माणका लागि जेसीबी’ अभियान सुरू गरिएको छ । स्थानीय, प्रादेशिक र संसदीय निर्वाचनको समापनसँगै अब विकास निर्माणको कामले तीब्रता पाउने भएकोले त्यसको लागि आवश्यक हेभी इक्विमेन्ट खरिदमा यस्तो योजना ल्याइएको कम्पनीका मार्केटिङ हेड दीपकराज गिरीले जानकारी दिनुभयो ।
जेसीबीका एस्काभेटर, ब्याकहो लोडर, रोलर, कम्प्याक्टर, ह्विल लोडर, लोडअल र रोबोटलगायत उत्पादन बजारमा छन् । इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट काम गर्ने भएका कारण यी मेसिनहरू लोकप्रिय छन् । पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बढ्दै गएको प्रालिको भनाई छ ।
प्रकाशित मिति २०७४ पुस १४ गते शुक्रबार ०८:५४