नयाँ वर्षमा मोबाइल किन्दा मोटरसाइकल उपहार

नयाँ वर्षमा मोबाइल किन्दा मोटरसाइकल उपहार

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७४ पुस १४ गते शुक्रबार ०९:१७

इकोनोमिक खबर । अंग्रेजी नयाँ वर्षका दिनदेखि एक सातासम्म मोबाइल खरिद गर्नेलाई ताम्राकार कम्प्लेक्सले मोटरसाइकल उपहार प्रदान गर्ने भएको छ । ‘ताम्राकारमा मोबाइल किनौं मोटरसाइकल चढौं’ भन्ने नारा सहित कम्प्लेक्सले यस्तो अफर ल्याएको...

इकोनोमिक खबर । अंग्रेजी नयाँ वर्षका दिनदेखि एक सातासम्म मोबाइल खरिद गर्नेलाई ताम्राकार कम्प्लेक्सले मोटरसाइकल उपहार प्रदान गर्ने भएको छ । ‘ताम्राकारमा मोबाइल किनौं मोटरसाइकल चढौं’ भन्ने नारा सहित कम्प्लेक्सले यस्तो अफर ल्याएको हो ।
कम्प्लेक्सले एक साताको अवधिमा मोबाइल खरिद गर्नेहरु मध्येबाट लक्की ड्रमार्फत एक जनालाई सुजुकीको मोटरसाइकल वितरण गर्न लागेको हो ।
जनवरी १ तारिखबाट ७ तारिखसम्म मोबाइल खरिद गर्नेहरु मध्येबाट गोलाप्रथा गरी एक जनालाई सुजुकीको मोटरसाइकल प्रदान गरिने ताम्राकार कम्प्लेक्स मोबाइल व्यापार संघका अध्यक्ष जगत साउदले जानकारी दिनुभयो ।
दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार योजना अन्तर्गत पहिलो मोटरसाइकल ससेन्द्र विक्रम चौधरीले पाउनुभएको थियो भने दोस्रो बम्पर उपहार बुद्धनगरका रमेश तण्डुकारले पाउनुभएको थियो । ताम्राकारकै बम्पर उपहार योजना अन्तर्गतको ताम्राकारको दशैं तिहार उपहार योजनाअन्तर्गत ५० जनाले मोबाइल, ६५ जनाले पावर बैंक र ५० भन्दा बढी ब्लुतुथ वितरण गरिएको ताम्राकार कम्प्लेक्स मोबाइल व्यापार संघले जनाएको छ । मोटरसाइकलको लक्की ड्र अंग्रेजी महिना जनवरीको दोस्रो साता खोलिने बताइएको छ ।

प्रकाशित मिति २०७४ पुस १४ गते शुक्रबार ०९:१७
प्रतिक्रिया दिनुहोस