यही जेठ १५ गते मनाईने गणतन्त्र दिवसको अवसर पारेर पर्वतको मोदी गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिने भएको छ । मोदी गाउँपालिका र कुश्मामा रहेको सामुदायिक रेडियो दिदीबहिनीको संयुक्त आयोजनामा शिविरको आयोजन गर्न लागिएको संबिधान सभाका सदस्य तथा रेडियो दिदीबहिनीकी अध्यक्ष कल्पना चापागाईँले जानकारी दिनुभयो ।
१४ र १५ गरेर दुई दिनसम्म चल्ने शिविरमा अन्य बिभिन्न सामाजिक संघसंस्थाहरु तथा हस्पिटलहरुले पनि सहकार्य गर्ने भएका छन । शिविरमा रगतको समूह परीक्षण, स्त्री तथा प्रजनन् रोग, आँखा, दाँत, नाक, कान, घाँटी, पेट, छाती, हाडजोर्नी तथा नशा, छाला, मुटु सम्बन्धी लगायतका रोगहरुको बिशेषज्ञ डाक्टरहरुबाट परीक्षण गरिने भएको छ ।
गणतँत्र दिवसलाई खुसी र रचनात्मक तरीकाले मनाउनका लागि पनि दिवसको अवसर पारेर स्वास्थ्य शिविरको आयोजना गरिएको मोदी गाउँपालिकाका प्रमुख प्रेम पौडेलले जानकारी दिनुभयो ।२ दिन सम्म चल्ने सिविरमा सम्पुर्ण बिरामि बर्गहरुमा आप्नो स्वास्थ्यको जाच गराई लाभ लिन अनुरोध र्गर्दै अन्य ले पनि स्वास्थ्य बेलाबेलामा जाच गराउनु हुन मोदि गाँउ पालिकाका प्रमुख प्रशासकिय अधिकृत कुमान सिङ गुरुङले अनुरोध र्गनु भएको छ।
प्रकाशित मिति २०७६ जेठ ५ गते आईतबार १२:४५