कर्पोरेट । पेयपदार्थ उत्पादक कम्पनी कोका–कोला नेपाले आफ्ना उत्पादनहरु कोकाकोला, फ्यान्टा र स्प्राइटलाई सानो पेट बोतल (प्लाष्टिक बोतल)मा नेपाली बजारमा ल्याएको छ । नयाँ बोतल आगमनसँगै कोकाकोलाको पेट बोतल श्रेणीहरु थप भएका छन् र यसले उपभोक्ताहरुलाई थप विकल्प प्रदान गरेको छ । ग्राहकको बढ्दो मागलाई मध्यनजर र ध्यानमा राख्दै कम्पनीले ३०० एमएलको पेट बोतलमा आफ्ना उत्पादन बजारमा ल्याएको हो, जसको मूल्य ४० रूपियाँ तोकिएको छ । यो पेट बोतलमा सबैभन्दा सानो बोतल भएकाले यसलाई ‘फुच्चे प्याक’ भनिएको कम्पनीले जनाएको छ ।
प्रकाशित मिति २०७४ पुस १४ गते शुक्रबार ०९:२२