जलजला गाउँपालिका ६ शालीजाको ठोट्नेरीमा एक घर एक धारा सहितको खानेपानी आयोजना निर्माण भएको छ ।गाउँपालिकाका अन्तरगत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत निर्माण भएको ठोट्नेरी खानेपानी तथा सरसफाई आयोजनाबाट ६२ घरधुरी लाभान्वित भएका छन् ।

६२ घरमा निजी र दुई वटा संस्थागत गरि ६४ वटा धारा मार्फत घरघरमा खानेपानी वितरण गरिएको गाउँपालिकाका परियोजना संयोजक देवराज पुरीले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै जलजला गाउँपालिका का अध्यक्ष रामकृष्ण मल्ल ले खाने पानि को समस्या हुदा बिशेष गरि महिला दिदि बहिनी मर्का मा पर्र्नै हुदाँ यस आयोजना पुरा भएपछि खाने पानिको समस्या हटेर जाने बताउनु भएको थियो
कुल ७६ लाख बीस हजार पाँच रुपैयाँको लागतमा आयोजना निर्माण भएको हो । नेपाल सरकारको २२ लाख ५० हजार ७०८, फिनल्याड सरकारको २२ लाख ५० हजार ७०८, उपभोक्ताको २३ लाख ५७ हजार ४१३ रुपैयाँ बराबरको श्रमदान र गाउँपालिकाको सात लाख ६२ हजार १७६ रुपैयाँ अनुदानमा आयोजना निर्माण भएको संयोजक पुरीले बताउनुभयो ।

प्रकाशित मिति २०७६ जेठ ९ गते बिहिबार ०७:५०