३६० किलोमिटर प्रतिघण्टा रफ्तारमा दौडिने बुलेट ट्रेनको परिक्षण शुरु

३६० किलोमिटर प्रतिघण्टा रफ्तारमा दौडिने बुलेट ट्रेनको परिक्षण शुरु

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७६ जेठ १२ गते आईतबार ०८:१३

जापान रेलवे कर्पाेरेशनले बुलेट ट्रेनको निम्ती २.२ विलियन डलर खर्च गरेको महत्वकांक्षी परियोजना अन्तरगत निर्माण गरिएको बुलेट ट्रेनको सफल परिक्षण शुरु भएको छ ।टोक्यो ओलम्पिक्स अगावै परिक्षण शुरु गर्ने लक्ष्यका साथ शुरु परियोजना...

जापान रेलवे कर्पाेरेशनले बुलेट ट्रेनको निम्ती २.२ विलियन डलर खर्च गरेको महत्वकांक्षी परियोजना अन्तरगत निर्माण गरिएको बुलेट ट्रेनको सफल परिक्षण शुरु भएको छ ।टोक्यो ओलम्पिक्स अगावै परिक्षण शुरु गर्ने लक्ष्यका साथ शुरु परियोजना सफल परिक्षण गर्दा बुलेट ट्रेनले ३६० किलोमिटर प्रतिघण्टा रफ्तारमा दौडिदै नयाँ रेकर्ड बनाएको छ ।

 

माेडेलका बुलेट ट्रेन दश वर्षदेखि संञ्चालनमा रहेपनि पछिल्लो परियोजना अन्तर्गत निर्माण गरिएका बुलेट ट्रेन इनर्जी कम खपत र भुकम्पलाई मध्यनजर गर्दै निर्माण गरिएको जापान रेलवे कर्पाेरेशनले जनाएको छ । सेन्ट्रर रेलवे कर्पाेरेशनको मुताविक शिकासेन बुलेट ट्रेन सबै भन्दा तेज रफ्तारमा चल्ने छ ।जसको सफल परिक्षण मोयबारा र क्योटोकाबीच दौडाएर गरिएको छ । परिक्षणको दौरान ३६० किलोमिटर प्रतिघण्टा दौडिए पनि सर्विसको समय २८५ किलोमिटर प्रतिघण्टा रहने रेलवे कर्पाेरेशनले जनाएको छ ।सन २०३० भित्रमा अल्फा एक्सले ३६० किलोमिटर प्रतिघण्टा रफ्तारमा टोक्यो र होक्काइदोलाई जोड्ने तय गरिएको छ ।

प्रकाशित मिति २०७६ जेठ १२ गते आईतबार ०८:१३
प्रतिक्रिया दिनुहोस