उत्तरको क्षेप्यास्त्र परीक्षणमा ट्रम्पको प्रतिक्रियाः ती साना हतियार हुन्

उत्तरको क्षेप्यास्त्र परीक्षणमा ट्रम्पको प्रतिक्रियाः ती साना हतियार हुन्

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७६ जेठ १२ गते आईतबार ०८:३१

हालै उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेका खबरहरु सार्वजनिक भएका छन्। उत्तर कोरियाले स्वंय आफूले अत्याधुनिक प्रविधि जडान भएको क्षेप्यास्त्र परिक्षण गरेको दाबी गरेको छ। शनिबार अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार...

हालै उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेका खबरहरु सार्वजनिक भएका छन्।

उत्तर कोरियाले स्वंय आफूले अत्याधुनिक प्रविधि जडान भएको क्षेप्यास्त्र परिक्षण गरेको दाबी गरेको छ।

शनिबार अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टोनले उत्तर कोरियाको क्षेप्यास्त्र परिक्षण संयुक्त राष्ट्रसंघको संकल्प विपरित भएको बताउँदै उत्तर कोरियाली कार्यको निन्दा गरे।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै सुरक्षा सल्लाहकारको भनाइलाई पन्छाउँदै उत्तर कोरियाले परीक्षण गरेको हतियारको बारेमा अभिव्यक्ति दिएका छन्।

ट्रम्पका अनुसार उत्तरले परीक्षण गरेका हतियार साना खालका हुन्। हाल जापान भ्रमणमा रहेका ट्रम्प शनिबारमात्र जापान पुगेका छन्।

उनले ट्वीटमा भने,‘उत्तर कोरियाले केही साना हतियार परीक्षण गरेको छ। यसले मेरा केही मानिसलाई र केही बाह््य मानिसलाई बाधा पुर्याएको रहेछ। तर यसले ममाथि कुनै समस्था निम्ताएको छैन्।’

North Korea fired off some small weapons, which disturbed some of my people, and others, but not me. I have confidence that Chairman Kim will keep his promise to me, & also smiled when he called Swampman Joe Biden a low IQ individual, & worse. Perhaps that’s sending me a signal?

— Donald J. Trump (@realDonaldTrump) May 26, 2019

ट्रम्पले ट्वीटमार्फत नै उत्तर कोरियाले अमेरिकासँगको सम्झौता पालना गर्ने आफूलाई विश्वास भएको बताएका छन्। उनले भने,‘मलाई विश्वास छ उत्तरका नेता किम जोङ उनले मसँग वाचा गरेका पुरा गर्नेछन्।’

गत फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीच दोस्रो शिखरवार्ता असफल भएको थियो। वार्ता असफल भएयता उत्तर कोरियाले केही क्षेप्यास्त्र परिक्षण गरिसकेको छ।

उत्तरले आफूमाथि लगाएको अन्तर्राष्ट्रिय प्रतिबन्ध हट्नुपर्ने माग राख्दै आएको छ। तर ट्रम्पले अन्तर्राष्ट्रिय प्रतिबन्ध पूर्ण रुपमा नहटाउने बताएपछि उत्तरले अमेरिकालाई दबाब दिन हाल क्षेप्यास्त्र परिक्षण गरेको विश्लेषण गरिन्छ। एजेन्सी

प्रकाशित मिति २०७६ जेठ १२ गते आईतबार ०८:३१
प्रतिक्रिया दिनुहोस