गुणस्तर चिन्ह नलिएका ग्यास उद्योग बन्द गरिने

गुणस्तर चिन्ह नलिएका ग्यास उद्योग बन्द गरिने

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७४ पुस २१ गते शुक्रबार ०९:०५

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा । चिरञ्जिबी नेपालले निक्षेप बढाएर मात्र लगानी गर्न बैंकहरुलाई निर्देशन दिएका छन्। निक्षेप संकलनभन्दा वढि लगानी गर्दा समस्या उत्पन्न भएको भन्दै उनले ऋण लगानीमा संयमित हुन निर्देशन दिएका...

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा । चिरञ्जिबी नेपालले निक्षेप बढाएर मात्र लगानी गर्न बैंकहरुलाई निर्देशन दिएका छन्। निक्षेप संकलनभन्दा वढि लगानी गर्दा समस्या उत्पन्न भएको भन्दै उनले ऋण लगानीमा संयमित हुन निर्देशन दिएका हुन्।
ग्लोबल आइएमइ बैंकको ११औं बर्षिकोत्सब कार्यक्रममा कमलादीस्थित कर्पोरेट कार्यालयको उद्घाटन गर्दै गभर्नरले अहिलेको समस्या बैंकरले सञ्चालकलाई खुसी पार्दा आएको बताए। गभर्नरले निक्षेप संकलन बढाउन बैंकहरुले मेहेनत गर्नु पर्ने बताए।

गभर्नर नेपालले बैंकहरुले चालु आर्थिक बर्षमा १०६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १६७ अर्ब रुपैयाँ लगानी गरेका कारण ‘क्रेडिट क्रञ्च’ को अबस्था आएको भन्दै नसुध्रिए कडा कारवाही गर्ने चेतावनीसमेत दिए।

प्रकाशित मिति २०७४ पुस २१ गते शुक्रबार ०९:०५
प्रतिक्रिया दिनुहोस