नगरभित्रका कार्यक्रमहरूमा मासु खान र खुवाउन नपाइने

नगरभित्रका कार्यक्रमहरूमा मासु खान र खुवाउन नपाइने

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७६ जेठ १२ गते आईतबार ०९:२४

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले सार्वजनिक कार्यक्रमहरूमा मासु खाना खुवाउन नपाइने निर्णय गरेको छ। नगरकार्यपालिकाको ३२ औं बैठकले नगरस्तरमा हुने सबै कार्यक्रमहरूमा भेज खाना मात्र खुवाउनुपर्ने निर्णय गरेको हो। अब नगरस्तरमा...

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले सार्वजनिक कार्यक्रमहरूमा मासु खाना खुवाउन नपाइने निर्णय गरेको छ। नगरकार्यपालिकाको ३२ औं बैठकले नगरस्तरमा हुने सबै कार्यक्रमहरूमा भेज खाना मात्र खुवाउनुपर्ने निर्णय गरेको हो। अब नगरस्तरमा हुने तालिम, गोष्ठी, भेला, सम्मेलन र बैठक जस्ता कार्यक्रमहरूमा भेज खाना मात्र खुवाउनुपर्नेछ। बैठकले नगरस्तरमा हुने सार्वजनिक कार्यक्रमहरूमा आचारसंहिता बनाएको हो।

 

जसमा ५ जनाभन्दा बढी अतिथिहरू राख्न नपाइने, खादा अवीर लगाउन नपाइने, प्रमुख अथितिले ३० मिनेट र अन्य अतिथिले १० मिनेटभन्दा बढी मन्तव्‍य राख्न नपाइने र कार्यक्रममा खबर गरिएको समयभन्दा १० मिनेटभन्दा ढिलो आउने अतिथिलाई आयोजक अतिथि बनाउन बाध्य नहुने निर्णय पनि गरिएको छ। त्यस्तै, निर्धारित समयभन्दा आधा घण्टासम्म पनि कार्यक्रम सुरु नभएमा प्रमुख अतिथिहरु बस्न बाध्य नहुने पनि उल्लेख गरिएको छ। त्यससँगै अन्य १६ वटा विभिन्न विषयका निर्णय पनि नगरकार्यपालिकाले गरेको नगर प्रमुख गोर्खबहादुर केसीले बताए।

प्रकाशित मिति २०७६ जेठ १२ गते आईतबार ०९:२४
प्रतिक्रिया दिनुहोस