नेपाल टेलिकमले गणतन्त्र दिवसको अवसरमा आकर्षक अफर ल्याएको छ।
टेलिकमका सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै अफर सार्वजनिक गरेको हो। जसअनुसार ५० रुपैयाँमा ४ सय एमबी डाटा, ३० मिनेट भ्वाईस कल र एक सय वटा एसएमएस गर्न सकिने छ।
यो सेवा जेठ १४ देखि १६ गतेसम्म तीन दिनसम्म लिन सकिने छ र त्यसको एक हप्तासम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ।
टेलिकमले ल्याएको विभिन्न योजनामध्ये यो योजना अहिलेसम्मको सर्वाधिक सस्तो योजना भएको बताइएको छ।
ग्राहकले यो सेवा लिनका लागिग *१४१५# डायल गर्नुपर्ने छ।
प्रकाशित मिति २०७६ जेठ १३ गते सोमबार १२:३३