नेपाली बीमा बजारमा नयाँ निर्जीवन बीमा कम्पनी अजोड ईन्स्योरेन्स लिमिटेडको शनिवार कुस्मामा उदघाटन भएको छ। फागुन १ गते बाट कुस्मामा सुरु भएको बीमा कम्पनी अजोड को शनिवार कुस्मामा उद्धघाटन गरिएको हो ।२०७५र०३र२१ देखि आफ्नो उपस्थिति जनाएको छ ।कार्यक्रममा बोल्दै प्रमुख बिमा समितिका अध्यक्ष चिरञ्जीबि चापागाईले पछिल्लो समयमा बिमा प्रति आर्कषित बढ्दै गएकको बताउदै हामि मानिसको मात्र नभई पशु ,कषि लगाएतका कृषक तथा पशु र बालि नाली को पनि बिमा र्गर्नै बताउदै जिल्ला जिल्ला का कृषी ज्ञान केन्द्रका पा्रबिधिक हरुलाई पनि सहर्काय गरेर तालिम दिने बताउनु भएको छ ।
चापागाईले यस कम्पनीले समस्त नेपाली ग्राहकहरुका लागी नेपाली बीमा बजारमा प्रचलनमा रहेका बिभिन्न प्रकारका निर्जीवन बीमा सेवा सहित निकट भविष्यमा ग्राहकको आवश्यक्ता पहिचान गरी नयाँ बीमा योजनाहरु लिएर देशैभर शाखा सञ्जाल मार्फत् आफ्नो सेवा विस्तार गर्दै जाने योजना रहेको छ अव छिटै ४ वटा शाखा बिस्तार र्गर्नै बताउनु भएको छ ।
कम्पनीले बीमा समितिबाट व्यवसायीक कारोवारको स्वीकृति प्राप्त गरे पश्चात् आज २०७५ साल असार २१ गते बाट कम्पनीको कर्पाेरेट कार्यालय सि.टि.सि. मल, सुन्धाराबाट सबै संस्थापक शेयरधनी, संचालक समितिका सदस्यहरुको उपस्थितीमा यस कम्पनीका अध्यक्ष श्री बिनोद बिष्टज्यूबाट सेवा शुभारम्भ गरीएको छ ।मिति २०६४।१२।२० मा कम्पनी रजिष्ट्रारको कार्यालय, काठमाण्डौंमा दर्ता भई स्थापना भएको यस कम्पनीले मिति २०७४।०१।१५ गते वसेको विशेष साधारण सभाको बैठकको निर्णय मुताविक कम्पनीको अधिकृत पूँजी र चुक्ता पुँजी एक अर्ब मध्ये ७० प्रतिशत लगानी संस्थापकको र बाँकी ३० प्रतिशत सर्बसाधारणको रहने गरी पूँजी बृद्धि गरिएको छ ।
नेपालको प्रतिष्ठित व्यापारिक घराना, वाणिज्य बैंक, इन्भेष्मेन्ट कम्पनी, घरजग्गा निर्माण व्यवसायी, जल विद्युत् आयोजना प्रबद्र्धक, पर्यटन व्यवसायीका साथै विभिन्न सरकारी, गैर सरकारी संस्थाको उच्चपदमा रहि सेवावाट अवकास प्राप्त व्यक्तिहरु समेतको लगानी रहेको यस कम्पनीले छिट्टै सर्वसाधारणमा शेयर जारी गर्ने योजना बनाएको छ ।हाल कम्पनीको संस्थापक शेयरधनी समुहमा १०४ जना संस्थापक शेयरधनीहरु रहेकाछन्।यस कम्पनीलाई मूर्त रुप प्रदान गरी आजको अवस्था सम्म पु¥याउन सहयोग गर्नुहुन नियमन निकाय, सम्पूर्ण संस्थापक सदस्यहरु त्था सम्बन्धित निकायहरु प्रति हार्दिक आभार व्यक्त गर्दै यस कम्पनीको उत्तरोत्तर प्रगतिको लागि यहाँहरुको निरन्तर सहयोग, सद्भाव र विश्वासको अपेक्षा गरेको बताएको छ। कार्यक्रममा सुभकामना दिदै अतिथि कुस्मा नगरपालि वडा नं ७ का वडा अध्यक्ष सुभास कुमार पैडेल , कार्यक्रममा वडा न. ४ , ५ , ६ का वडा अध्यक्ष क्रमश मिना कर्मचार्य , सीता शर्मा , रुद्र गिरि त्यसै गरि कृषी ज्ञान केन्द्रका कार्यलाय प्रमुख बासु देब रेग्मी र पशु सेवा कुस्मा शाखाका प्रमुख राम्जी पौडेलको उपस्तिथि रहेको थियो अजोड ईन्स्योरेन्स लिमिटेडको बिमा कम्पनीका संचालक सदस्य आडज श्रेष्ठ कोे अध्यक्षता भएको कार्यक्रमको संचालन उपमाहाप्रवन्धक महेश राज खरेलको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ,
प्रकाशित मिति २०७६ जेठ १८ गते शनिवार ०८:२०