कस्तो बनेको होला निर्माण सम्पन्न अगावै पुलको मर्मत शुरु ,

कस्तो बनेको होला निर्माण सम्पन्न अगावै पुलको मर्मत शुरु ,

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७६ जेठ २१ गते मङ्गलबार ०३:०६

पुल सम्मपन्न भएपछि यात्रा सहज होला भन्दा सम्पन्न पछि मर्मत गर्न अबस्था आएको छ । यस्तो हुनु मा स्थानिय ले गुनासो पोखेका छन्।यता पर्वत पर्यटकिय हिसावले चिनियको जिल्ला अनि अग्ला र लामा पुलैपुले चिनियको पर्वत पछिल्लो समयमा सम्मन्न...

पुल सम्मपन्न भएपछि यात्रा सहज होला भन्दा सम्पन्न पछि मर्मत गर्न अबस्था आएको छ । यस्तो हुनु मा स्थानिय ले गुनासो पोखेका छन्।यता पर्वत पर्यटकिय हिसावले चिनियको जिल्ला अनि अग्ला र लामा पुलैपुले चिनियको पर्वत पछिल्लो समयमा सम्मन्न भएको पुल को मर्मत कार्य पुन सुचारु भएको छ।

कुश्मा खेरहादेखि अधिकारी फाँट ज्ञादी जोड्ने मोदी खोला माथि ३ सय ५९ मिटर लम्बाई र १ सय २८ मिटर अग्लो झोलुङ्गे पुल निर्माण सम्पन्न भई नसक्दै मर्मत गर्न सुरु भएको छ ।वैशाखमा सर्वसाधरणका लागि खुल्ला गरीएको पुल सञ्चालनमा आएको महीना दिन नपुग्दै मर्मत थालिएको हो । पर्वतको सदरमुकाम कुश्मा बजारसँग पिपलटारी ,ठुली पोखरी , कार्कीनेटन ,थापाथाना शंकर पोखरी लगायतका दर्जन वाडाहरु जोड्ने गरी मोदी खोलामा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन पुर्व नै मर्मत गर्न थालिएको छ ।

२०७५ सालमा निर्माण सुरु भएको पुलको संचालनमा नआउँदै विग्रिनुले निर्माण नै कमजोर भएको स्थानीयले बताएका छन । निर्माण समीती सचिव कृष्ण पौडेलले जन प्रतिनिधि देखी जिल्ला तह बाट अनुगमन नभएका कारण पुल कमजोर बन्न पुगेको बताउनु भयो । ईन्जीनीयर कै कमजोरीका कारण निर्माण सकीएको पुलका लठठा राख्ने कोठा पुन निर्माण गर्न परेको पौडेलले बताउनु भयो । सरकारी तवरको लापरभाईका कारण पुलले जुन कुनै वेला दुखद निम्त्याउन सक्ने उपभोक्ता समीतीको भनाई रहेको हो संघियता कार्यन्वयनको चरणमा निर्माण थालिएको पुलले स्वमीत्व कस्ले लिने भन्ने यकीन नहुँदा पनि निर्माणमा लापरभाई भएपछि निर्माण कै क्रममा कमजोर हुन पुगेको उपभोक्ता समीतीका पदाधिकारीहरुको भनाई रहेको छ ।

दुई करोडमा निर्माण भएको पुल सम्पन्न भएपछि ज्ञादी, शंकरपोखी, खौलालाकुरी, पिपलटारीका बासिन्दाहरुलाई सदरमुकाम झर्न सजिलो भएको थियो । पुलमा आवातजावत गर्दा पुल बाँङ्गो र कमजोर भएको महसुस गर्दै स्थानीयबासीले विरोध जनाएपछि मर्मत थालिएको हो । पुलको लट्ठा कस्नेभन्दै अहिले पुलको वाल भत्काउन शुरु गरिएको छ भने पुलको दुवै साइटमा पुर्न मर्मतको काम भइरहेको हो ।अहीले पुलको दुवै साईडको जाली निकाल्ने र लठठाको साईड चिन्ने काम भईरहेको हो । मोदी खोलामाथि यस बडागाउँ ज्ञादी र बडगाउँ झोलुङ्गे पुल निर्माण भईसहेको छ । कालिगण्डकीमा पनि कुश्मा मुडिकुवा र कुश्मा कैया लामा झोलुङ्गे पुल निर्माण भइसकेका छन् । यो चौथो लामो र अग्लु पुल निर्माण कै क्रममा कमजोर भएपछि मर्मत थालिएको हो ।

प्रकाशित मिति २०७६ जेठ २१ गते मङ्गलबार ०३:०६
प्रतिक्रिया दिनुहोस