बढ्दो छ नेपालमा अपराधका घटना : सबैभन्दा बढी सामाजिक अपराध, चुनौति बन्दै साइबर अपराध

बढ्दो छ नेपालमा अपराधका घटना : सबैभन्दा बढी सामाजिक अपराध, चुनौति बन्दै साइबर अपराध

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७६ जेठ २२ गते बुधबार ०७:०८

नेपाल प्रहरीको तथ्याङ्क अनुसार पछिल्लो ४ वर्षमा देशमा १ लाख ८४ हजार ६८५ को संख्यामा अपराधका घटनाहरु भएका छन् ।   प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष ०७४/०७५ मा ३९ हजार ३१५ वटा अपराध भएका छन् । यो संख्या अघिल्लो वर्षभन्दा...

नेपाल प्रहरीको तथ्याङ्क अनुसार पछिल्लो ४ वर्षमा देशमा १ लाख ८४ हजार ६८५ को संख्यामा अपराधका घटनाहरु भएका छन् ।

 

प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष ०७४/०७५ मा ३९ हजार ३१५ वटा अपराध भएका छन् । यो संख्या अघिल्लो वर्षभन्दा करिब ७ हजार ८५५ बढी हो । आव ०७३/७४ मा ३१ हजार अपराधका घटना प्रहरीमा दर्ता भएका थिए ।

 

आ.व.२०७०/७१ मा मात्रै देशभर २७ हजार ३८६ वटा अपराधका घटना भए । जुन पछिल्लो समय झनै बढ्दो क्रममा छ । २०७१/७२ मा ६८४ वटा अपराधको घटना बढेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित मिति २०७६ जेठ २२ गते बुधबार ०७:०८
प्रतिक्रिया दिनुहोस