विप्लवका जिल्ला इन्चार्ज मुठभेडमै मारिएका हुन: गृहमन्त्री थापा

विप्लवका जिल्ला इन्चार्ज मुठभेडमै मारिएका हुन: गृहमन्त्री थापा

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७६ असार ९ गते सोमबार ०७:००

 गृहमन्त्री रामबहादुर थापाले सर्लाही गोली काण्डबारे सरकारको आधिकारीक धारणा सार्वजनिक गरेका छन ।सरकारले मुठभेडका नाममा इन्काउन्टर गरिरहेको भन्दै सरकारको धारणा माग गरेपछि गृहमन्त्री थापाले उक्त दाबी गरेका हुन । आइतबार राज्य...

 गृहमन्त्री रामबहादुर थापाले सर्लाही गोली काण्डबारे सरकारको आधिकारीक धारणा सार्वजनिक गरेका छन ।सरकारले मुठभेडका नाममा इन्काउन्टर गरिरहेको भन्दै सरकारको धारणा माग गरेपछि गृहमन्त्री थापाले उक्त दाबी गरेका हुन ।

आइतबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै पूर्वगृहमन्त्री जनार्दन शर्माले गत असार- ५ गते सर्लाहीको लालबन्दीमा दोहोरो भिडन्तका नाममा नेत्र विक्रम चन्द (विप्लव) समूहका इन्चार्ज कुमार पौडेलको मृत्युबारे सत्यतथ्य छानविन र गृहमन्त्रीको धारणा माग गरेका थिए ।

जवाफमा गृहमन्त्री थापाले प्रहरीको बचाउ गर्दै भने, दुईवटा मोटरसाइकलमा आइरहेका चार जना व्यक्तिहरुले प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकल छाडी प्रहरीलाई लक्षित गरी आफूहरुसँग रहेको हतियारबाट फायर गरेकोले प्रहरी टोलीले आत्मरक्षाको लागि जवाफी फायर गर्दा कुमार पौडेलको घटनास्थलमै मृत्यु भएको हो ।

घटनास्थलबाट मेड इन युएसए लेखिएको रिभल्बर एक थान, कटुवा पेस्तोल एक थान र तीनमा लाग्ने गोली ६ थान बरामद भएको समेत जानकारी दिए ।
उनले सरकार विप्लव समूहलाई नीतिमा नरहेको बताउँदै घटनाबारे सत्यतथ्य छानबीन गरिने बताए ।

प्रकाशित मिति २०७६ असार ९ गते सोमबार ०७:००
प्रतिक्रिया दिनुहोस