कुश्मा नगर पालिकाले नगरका एकल महीलाहरु सँग अन्त्रकृया गरेको छ । एकल महीलाहरुमा भईरहेको भेदभाव र तथा हिँशा र त्यसको कानुनी उपचारको बारमा जानकारी गराउन अन्त्रकृया गरीएको हो । कार्यक्रममा एकल महीलाहरुले द्धन्दकालमा श्रीमान हराएका हरु अझै एकल महीलको सुचिमा पर्न नसकेको तथा सम्बन्ध विच्छेद गरेका महीलाहरु पनि एकल हुनु पर्ने र पेन्सन पाउने एकल महीलाहरुले पनि स्थानीय सरकारले सुविधा दिलाउनु पर्ने माग राखेका हुन ।

कानुनी जटीलताका कारण धेरै घरयासी समस्या तथा हिँशाहरु बाहीर ल्याउन नसकेको सहभागिहरुले बताएका हुन । स्थानीय तह कार्यन्वय पनि जिल्ला स्तरमा महीलाका समस्या सुनुवाई हुने महीला तथा वालवालिका कार्यलयको अभाव रहेका कारण पनि धेरै पिडीतहरु बाहीर आउन नसकेको सहभागिहरुले गुनासो गरे ।
एकल महीलाहरुले आँफुहरुलाई सरकारी निकायले विभेद नगरी एकै प्रकारले हेनु आवश्यक रहेको बताएका हुन । कार्यक्रममा महीला हिँशा विरुद्धको कानुन र त्यसको प्रयोग, पिडीतले कानुनी उपचार पाउने स्थान र प्रकृया , एकल महीलाको पहीचानको लागि परिचय पत्र लगायतका बारेमा सहजीकरण गरीएको हो । कानुनी उपचारको लागि स्थानीय सरकारको उप प्रमुखको नेतृत्वमा हुने न्यायीक समीती त्यसको काम कर्तव्य अधिकार तथा एकल महीलाले पाउने कानुनी उपचारको प्रकृया वैतनीक वकील लगायतका बारेमा जानकारी गराइएको हो । नगर पालिकाका महीला तथा वालवालिका शाखा प्रमुख डिल कुमारी शर्मा र कानुन व्यवसायीक भोलानाथ शर्माले कार्यपत्र प्रस्तुत गर्नुभएको हो ।

कार्यक्रममा नगर पालिकाका उप प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी सिता काफले लामीछानले आफु पनि एकल महीला रहेका कारण धेरै एकल महीलाहरुले भोग्नु परेका हिँशाको बारेमा जनकार रहेको भन्दै कानुनी एकल महीलाको जिवनस्तर उकास्न तथा हिँशामा परे कानुनी उपचारको लागि आँफु सँधै लागी पर्ने बताउनु भयो ।

एकल महीलाका समस्या बुझेर आगामी वर्षको लागि योजना निर्माणमा लाग्ने काफलले बताउनु भयोकार्यक्रम अन्तर पार्टी महीला सञ्जालका अध्यक्ष मन रुपा सुवेदीले कानुनी उपचारको समयावधि सम्म पनि एकल महीला सुरक्षाको लागि एक स्थानीय तह एक सुरक्षा अवासको प्रबन्ध गरानु आवश्यक रहेको बताउनु भयो । कार्यक्रम मानव अधिकारका लागि महीला , एकल महीला समुहको संयोजन र कुश्मानगर पालिकाको सहकार्यमा गरीएको हो ।
प्रकाशित मिति २०७६ असार ९ गते सोमबार ०२:२३