साउन १३ धौलागिरि मिडिया पर्वत
पर्वतको जलजला गाउँपालिका वडा नम्बर ७ धाइरिङमा जन्मिनु भएका कुल आचार्य गैर आवासीय नेपाली संघ एनआरएनए अन्तराष्ट्रिय समन्वयम परिषको केन्द्रीय उपाध्यक्षमा आउँदो अक्टोवरमा काठमाडौमा हुने नवौ बिश्व सम्मेलनमा अध्यक्ष पदमा उम्मेद्धुवारी दिने घोषणा गर्नू भएको छ।

लामो समय गैरआवासीय नेपाली संघमा आबद्ध भएर सामाजिक सेवामा काम गर्दै आउनु भएका आचार्यले आफ्नो उम्मेदवारी प्रवासमा बस्ने हरेक गैरआवासीय नेपालीलाई समेट्ने गरी संघ अझै सशक्त बनाउने बताउनु भएको छ आचार्यले आफु अध्यक्ष भएपछि गर्नै काम धेरै रहेको र आगामि दिनमा छिटै ति उदेश्य को बारेमा बताउने धौलागिरि मिडियालाई जानाकारी दिनु भएको हो ।
पर्वतको जलजला गाउँपालिका वडा नम्बर ७ धाइरिङमा जन्मिएका आचार्य गैरआवासिय नेपाली संघमा तल्लो तहबाट नेतृत्व गर्दै केन्द्रीय उपाध्यक्षसम्म भएको बताउदै आगामि दिमापनि यस्तै सामाजिक सेवामा निरन्तरता दिने बताउनु भएको छ। यता आचार्यले देखाएको सामाजिक सेवाको भावाना ,सक्रियता क्रियाशिलता र कतब्र्य निष्टा देखेर केन्दीय अध्यक्षमा उम्मेद्धुवारी दिन सबैले साथ र दवाब पनि दिदै आएको हुदाँ पनि आफु झन उत्साहित भएको बताउनु भएको हो ।यस्तै आचार्य लाई जिताउन सबै देशबाट प्रयास भइरहेको छ।
प्रकाशित मिति २०७६ साउन १३ गते सोमबार ०७:३४