इकोनोमिक खबर डट कम । नेपाल स्टक एक्सचेन्जमा सोमबार भएको कारोबारमा नेप्सेमा झिनो मात्र गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा गिरावट थामिएको भए तापनि कारोबार भने सोमबार सन्तोषजनक हुन सकेन ।
नेप्सेमा सोमबार सुरुदेखि नै खरिद विक्रीको चाप न्यून हुँदा उतार चढाव पनि सामान्य नै भएकोले नेप्से परिसूचकाङ्क ०।५८ अङ्कले घटेर एक हजार ४०२।०९ को विन्दुमा ओर्लिएको छ ।
नेप्सेमा एक हजार चार सयको बिन्दुलाई राम्रो टेवा मानिदै आएको सन्दर्भमा सोमबार पनि नेप्से सो बिन्दूभन्दा मुनी आउन भने सकेको छैन । तरलता अभाव, नयाँ सरकार गठनमा ढिलाई र आर्थिक कृयाकलापले गति लिन नसकेकोले पनि बजारमा खासै रौनक छैन ।
क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्समा पनि ० दशमलब १० अङ्कको गिरावट सहित २९६ को बिन्दूमा झरेको छ ।
नेप्सेमा सोमबार कुल १६३ कम्पनीको तीन हजार ९३३ कारोबारबाट नौ लाख ५४ हजार ६३० कित्ता सेयरको खरिद विक्री भई जम्माजम्मी ३६ करोड ६४ लाख ३० हजार ९३४ रुपियाँ बराबरको सेयर खरिदविक्री भएका छन् । कारोबार रकमका हिसाबले सोमबारको कारोबार अधिल्लो दिनको तलुनामा न्यून हुन पुगेको छ ।
नेप्सेमा सोमबार उच्च कारोबार हुने कम्पनीहरुमा सानिमामाई जलविद्युत कम्पनी अग्रस्थानमा रहेको छ । सो कम्पनीको मात्र पाँच करोड १८ लाखभन्दा बढीको सेयर खरिद विक्री भएको छ । नेप्सेमा उच्च कारोबार हुने अन्य कम्पनीहरुमा नेको इन्स्योरेन्स कम्पनी, फस्ट माइक्रो लघुवित्त, सनराइज बैंकको सस्थापक सेयर, नबिल बैंक, सानिमा बैंक, नेपाल बैंक, कृषि विकास बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि लगायतका कम्पनी रहेका छन् ।
समूहगत रुपमा नेप्सेमा सोमबार विकास बैंक, फाइनान्स,बीमा, लुधुवित्त र अन्य समूहको सेयरमूल्य ओरालो लागेको छ भने बाँकी समूहको सेयर उकालो लागेको छ ।
प्रकाशित मिति २०७४ माघ ९ गते मङ्गलबार ०७:३१