जलजला गाउँपालिकाका अध्यक्ष मल्ल मेरील्याण्डमा सांसद सहित नेपालि समुदाय बाट सम्मानित,

जलजला गाउँपालिकाका अध्यक्ष मल्ल मेरील्याण्डमा सांसद सहित नेपालि समुदाय बाट सम्मानित,

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७६ असोज ५ गते आईतबार ०४:३७

अमेरिका भ्रमणमा रहेका जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण) ले मेरील्याण्डमा त्यहाँका सांसदसहित नेपाली समुदायबाट स्वागत तथा सम्मान पाएका छन् । पर्वत मोदीकाली समाजले आयोजना गरेको...

अमेरिका भ्रमणमा रहेका जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण) ले मेरील्याण्डमा त्यहाँका सांसदसहित नेपाली समुदायबाट स्वागत तथा सम्मान पाएका छन् । पर्वत मोदीकाली समाजले आयोजना गरेको कार्यक्रममा उनलाई नेपाली मुलका अमेरिकी सांसद एवम् राज्य सञ्चालन समितिका सदस्य ह्यारी भण्डारीसहित समाजका पदाधिकारी, सदस्यसहित नेपालीले भब्य स्वागत तथा सम्मान गरेका हुन । कार्यक्रममा नेपाली मुलका अमेरिकी सांसद एवम् राज्य सञ्चालन समितिका सदस्य ह्यारी भण्डारीले मल्लको अमेरिकी भ्रमणको सफलताको शुभकामना दिए ।

उनले आफ्नो जन्मथलो नेपालको पर्वत भएर अमेरिका बसेपनि आफु जन्मेको ठाउँको झनै बढी माया रहेको बताए । उनले उपयुक्त समय मिलाएर आफु सन् २०२० मा नेपाल आउने र त्यतिबेला पर्वतको जलजलाको भ्रमण गर्ने जानकारी दिए । भण्डारी छोटो समयमै अमेरिकाको तल्लो सदनको सांसदसँगै राज्य सञ्चालन समितिको सदस्यसम्म पुगेका छन् ।

उनले जलजला गाउँपालिकामै विवाह भएकाले पनि जलजलामा पुग्दा आफुबाट केही न केही गर्ने आश्वासन दिए । जलजलामा थुप्रै सम्भावना भएको आफुले पनि पाएको भन्दै भण्डारीले त्यहाँ जलविद्युत, पर्यटन, जडीबुटी उत्पादन, कृषिलगायतमा लगानीका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष समेत रहेका जलजला गाउँपालिकाका अध्यक्ष मल्लले अमेरिकामा रहेका विभिन्न नेपाली समुदायले गरेको सहयोग, स्वागत तथा सम्मानले निकै उत्साहित बनाएको बताए । उनले अमेरिकी सांसद ह्यारी भण्डारीले देखाएको सद्भावप्रति धन्यबाद दिदै जलजला गाउँपालिकाको भ्रमण गरेर त्यहाँको सम्भावनाको विकासका निम्ति सघाउन आग्रह गरे ।

प्रकाशित मिति २०७६ असोज ५ गते आईतबार ०४:३७
प्रतिक्रिया दिनुहोस