नेपाल जन्मेर बिदेशको ठाउँमा काम गरिरहेको समाजिक सेवाको भावाना भएको अन्तराष्ट्रिय पर्वत समाजले पर्वतको जलजला गाउँपालिका लस्तीका पहिरो पीडितका लागि निर्माण गरिएका घर हस्तान्तरण गर्नै भएको छ । नेपालि हरुको महान चाड वडा दशैको असर पारि बाढि पिडितलाई घर हस्तान्तरण गर्न लागेको अन्तराष्ट्रिय पर्वत समाजका महासचिव गुण शाज शर्मा ले जानाकारी दिनु भएको छ ।
र्शमाका अनुसार सबै तयारी पुरा भएको र शनिवार घर हस्तान्तरण गर्नै र्शमाले बताउनु भएको हो । घर हस्तान्तरका लागि अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरी, उपाध्याक्ष झलक केसी, परशुराम पौडेल, महासचिव गुणराज शर्मा, सह–कोषाध्याक्ष विनोद पुरी, अन्तराष्ट्रिय पर्वत समाजका सदस्य कमल लामिछाने लगायतको टोली पर्वत आईसकेको छ ।
गत २०७५ साल साउन २ गते मुसलधारे पानि पछि आएको बाढि र पहिरोको चपेटामा परेर घरबार बिहीन भएका जलजला गाउँपालिका–८ नाग्लीवाङ लस्तीका पहिरो पीडितका लागि अन्तराष्ट्रिय पर्वत समाजले ३ वटा घर निर्माण गरिदिएको छ । उक्त घर हस्तान्तरण गरिने भएको हो ।
गत बर्ष साउन २ गते रातिदेखि परेको अबिरल वर्षाका कारण घर माथिबाट आएको पहिरोले पुरिँदा एक किशोरको मृत्यु समेत भएको थियो । अबिरल वर्षाकै कारण उक्त गाउँका १५ घरमा पनि क्षति पुगेको थियो । समाजले जलजला गाउँपालिका–७ र ८ का पहिरो पीडितलाई आवास बनाउन जलजला गाउँपालिका र अन्तराष्ट्रिय पर्वत सेवा समाजका बीचमा सम्झौता भएको छ । गाउँपालिका अध्यक्ष रामकृष्ण मल्ल र समाजका अध्यक्ष पुरन गिरीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार समाजले नौ लाख सहयोग गरेको छ । पहिरो पीडितका लागि आवास बनाउन अन्तरराष्ट्रिय पर्वत समाजका सदस्य रहेका विभिन्न मुलुकमा रहेका प्रवासी पर्वतेलीले सहयोग अभियान सञ्चालन गरेका थिए ।
प्रकाशित मिति २०७६ असोज १७ गते शुक्रबार ०६:१३