यमपञ्चकको चौथो दिन आज पर्वतको सदरमुकाम कुस्माको टोलटोलमा गाडीमा ल्याइएको गाइको पूजा गरेर गोवर्धन पूजा गरिएको छ । जिल्ला पर्वतको जलजला गाउँपालिका–७ धाइरीङको गण्डकी गोपाल गौशाला मार्कण्डेय भूमेबराह क्षेत्र गोकुलधामले बजारबासीलाई घर अगाडीनै गाईको पूजा गर्ने व्यवस्था मिलाएको हो।
गौशाला सञ्चालक समिति र पदाधीकारीहरुले गाईको महत्व झल्कने भजन किर्तन सहित गाईलाई बजार परिक्रमा गराएका थिए बजारको सबै टोल र चोकमा गाई लाई र्पुयाएर मन्त्रोच्चारण गरि धार्मिक विधि अनुसार पूजा गर्ने व्यवस्था मिलाइएको थियो ।
गाई नपाएर गाईपुजा गर्न समस्या भएको अवसरमा गौशालाको कार्यक्रमले सहज बनाएको बजारबासीले बताएका छन ।
प्रकाशित मिति २०७६ कार्तिक ११ गते सोमबार १२:१९