एक पालिका ः एक कार्यक्रम अभियान अन्तर्गत पर्वतका सात ओटै पालिकाहरुमा पुगेर बिभिन्न कार्यक्रमहरु गरिरहेको पर्वत जेसीजले आज बिहादी गाउँपालिकाको शालिग्राम शिलामा बोर्ड स्थापना गरेको छ ।
जिल्लाको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय हिसावले पनि महत्व बोकेको शालिग्राम शिलाको थप प्रचारप्रसारमा सहयोग पु¥याउने उद्धेश्यले बोर्ड स्थापना गरिएको पर्वत जेसीजका अध्यक्ष मोहन आचार्यले जानकारी दिनुभयो । आचार्यकै अध्यक्षतामा आज आयोजना गरिएको एक औपचारिक कार्यक्रमको अवसरमा उक्त बोर्ड राखिएको हो ।
कार्यक्रममा बोल्दै शालिग्राम शिला विकास समितिका संरक्षक प्रेम अर्यालले जेसीजले शिलाको लागि गरेको काम निकै महत्वपूर्ण रहेको बताउँदै संस्थाप्रति कृतज्ञता ब्यक्त गर्नुभयो । जिल्लाका बिभिन्न ठाउँमा पुगेर पर्यटन प्रबद्र्धनको लागि जेसीजले गरेका कामहरु महत्वपूण रहेको उहाँको भनाई थियो ।
कार्यक्रम मुल संयोजक धिरजकुमार यादवको स्वागतमा र सहसचिव सुरेन्द्र पौडेलको सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । अभियान अन्तर्गत पर्वत जेसीजले पैयु गाउपालिकको त्रिवेणीको होमस्टे प्रवर्दन, पालुस्थान पर्यटकिय क्षेत्रको लागि बोर्ड स्थापना गरिने पर्वत जेसीजका सहकोषाध्यक्ष सुरज श्रेष्ठले जानकारी दिनुभयो । पर्वत जेसीजले हिजो मात्र एसिया ठूलो भनी दावी गरिएको लुंखुदेउरालीमा रहेको महाशिलामा पनि बोर्ड स्थापना गरेको थियो ।
प्रकाशित मिति २०७६ कार्तिक ३० गते शनिवार ०३:३७