३ दिने नगरपालिका स्तरीय बाख्रा पालन सम्बन्धी तालिम सुरुभएको छ । कुस्मा नगरपालिका नगरकार्यपालिकाको कार्यालय पशुशेवा शाखाको आयोजनामा यहिमंसिर २५ गते देखि मंसिर २७ गते सम्म तालिमको आयोजना गरिएको हो ।
तालिममा उन्नत जातका बाखा्र पालन गर्दा हुने फाईदा ,रोग लाग्दा गर्नुपर्नै उपचारका बिधि ,दाना तथा घाँस खुवाउने तरिका र गोठ निर्माणका बारेमा तामिमा सिकाउने पशुसेवा शाखाका प्रमुख मित्रलाल सापकोटाले बताउनु भएको छ ।
तालिमको उद्धघाटन गर्दै प्रमुख अतिथि कुनपा वडा नं ५ का वडा अध्यक्ष चित्रकला भारतीले यस तामिमा सिकेका कुरा ब्यावाहारमा पनि उर्तान आग्रह गर्दै यस ३ दिन सम्म आफुले मन लगाएर सिक्न र गाउँ ठाँउमा अन्य कृर्षकलाई पनि सहकार्य गर्न आग्रह र्गनु भएको छ ।

पछिल्लो समयमा बैदेशिक यात्रामा युवाहरु पलायन हुन भन्दा यस्ता खालका तालिम सिकेर आप्नो ठाँउमा केहि सिप सिकेर आत्मर्निभर हुन पनि आग्रह र्गुन भएको छ ।३दिन सम्म चल्ने तालिमको सहजिकरण पशु सेवा शाखाका प्रमुख मित्रलाल सापकोटा र पशु सेवा प्राबिधिक चोलाकान्त पौडेल र सुर्दशन सुवेदले र्गनु् हुने छ ।
प्रकाशित मिति २०७६ मङ्सिर २५ गते बुधबार ०२:४४