अग्निप्रसाद सापकोटा सभामुखमा निर्विरोध निर्वाचित

अग्निप्रसाद सापकोटा सभामुखमा निर्विरोध निर्वाचित

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७६ माघ १२ गते आईतबार १२:४८

प्रतिनिधिसभाको रिक्त सभामुख पदमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन्।नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सापकोटालाई सभामुख बनाउन आइतबार संसद बैठकमा प्रस्ताव...

प्रतिनिधिसभाको रिक्त सभामुख पदमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन्।नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सापकोटालाई सभामुख बनाउन आइतबार संसद बैठकमा प्रस्ताव गरेका थिए।

उक्त प्रस्तावलाई नेकपाका देवप्रसाद गुरूङ, ओनसरी घर्ती र राजपाका लक्ष्मणलाल कर्णले समर्थन गरेका हुन्।असोजदेखि रिक्त सभामुख पदमा सापकोटाको एकल उम्मेदवारी परेको थियो। प्रमुख प्रतिपक्षी कांग्रेस र अर्को प्रतिपक्षी समाजवादी पार्टीले सभामुख उम्मेदवारी दिएन।

तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद सचिवालयकी एक कर्मचारीलाई जवरजस्ती करणी अभियोगमा थुनामा परेपछि सभामुख रिक्त थियो।जेष्ठ सदस्य राजपा संसदीय दलका नेता महन्थ ठाकुरले संसद बैठकको अध्यक्षता गरेका छन्। ठाकुरले सापकोटालाई निर्विरोध निर्वाचित भएको घोषणा गरे।सापकोटाविरूद्ध सर्वोच्च अदालतमा काभ्रेका अर्जुन लामा हत्या आरोपमा मुद्दा छ।

संसदमा बोल्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले पार्टीले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको सुनाएका थिए। कांग्रेसले उपसभामुखमा बार्गेनिङ गरेर सभामुखमा उम्मेदवारी दिएन भन्ने चर्चा छ,’ उनले संसदमा भने, ‘संविधानमा फरक पार्टीबाट सभामुख र उपसभामुख हुनुपर्ने उल्लेख छ। नेकपाले यो बुझ्छ/बुझ्दैन हामीलाई थाहा छैन। मत हामीसँग छैन, कमण्डलु लिएर आएको पनि छैन।’उनले अदालतमा सापकोटाविरूद्ध रहेको मुद्दाका विषयमा हिजो गलत काम भएको उल्लेख गरे। रिजालले घुमाउरो भाषामा उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई सभामुख बनाउन सकिनेतर्फ संकेत गरे।

प्रकाशित मिति २०७६ माघ १२ गते आईतबार १२:४८
प्रतिक्रिया दिनुहोस