फागुन ३, २०७६
रेडियो दिदीबहिनी ९५.२ मेगाहर्जको आयोजनामा भईरहेको ११ औँ गण्डकी प्रदेश स्तरीय महिला महोत्सव आज देस्रो दिन हिजो सम्म दर्शहरुको चाप समेत निकै बढेको छ ।
उद्घाटनको दिनमा नै हजारौँ दर्शकहरुको उपस्थिति रहेको महोत्सवमा आज शनिवार पनि हजारौँ दर्शकहरुको महोत्सवसको अवलोकन गगर्ने छन् । राष्ट्रिय तथा स्थानीय लोक तथा दोहोरी कलाकारहरु, हास्य कलाकारहरुको सांगितिक र हास्य प्रस्तुतीका कारण दर्शकहरुको सहभागिता उच्च रहेको रेडियोकी अध्यक्ष कल्पना चापागाईँले बताउनुभयो । महोत्सवको स्टलमा राखिएका स्थानीय बस्तु तथा सामग्रीहरु, कृषि प्रदर्शनी, स्थानीय उद्यमीका उत्पादन, बाल उद्यान, खेल, रमाईलो मेला लगायतले पनि दर्शकहरुलाई आकर्षित गरेको छ ।
महोत्सवको तेस्रो दिन आज लोकदोहोरी तर्पmका कलाकारहरु कुमार पुन, कृष्ण अखेली, सिता परियार, बबि सुनार तथा हास्य कलाकार पुर्खे बा को प्रस्तुतीहरु रहेका थिए शनिवार को दिन मानिसको को भिडभाड रहेको अध्यक्ष चापागाईले जानाकारी दिनु भएको छ यस्तै आईतबार बाल कलाकार लगाएतको प्रस्तुती रहने छ।
रेडियोको दशौं बार्षिकोत्सव तथा १ सय १० औँ अन्तरािष्ट्रय महिला दिवसको अवसर पारेर पर्वतको जलजला गाउँपालिका ३ वारी बेनीको जुकेधारा खेल मैदानमा महोत्सवको आयोजना गरिएको हो । रेडियोको स्थापना कालदेखि नै पश्चिमाञ्चल स्तरीय महिला महोत्सवको आयोजना गर्दै आएको रेडियोले विशेष गरी महिलाहरुको प्रतिभाको उजागर र सीपको प्रदर्शन गर्नुका साथै पर्वत र आसपासका क्षेत्रमा रहेका उत्पादन, कला र संस्कृतिको प्रचारप्रसार गर्दै आएको छ ।
यस पटकको महोत्सवमा चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिवल प्रतियोगिताका साथै दोस्रो दिदीवहिनी डान्स आईडल प्रतियोगित, पालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, रत्यौली प्रतियोगिता, भजन प्रतियोगिता, उत्कृष्ट ¥याली तथा झाकी प्रदर्शन प्रतियोगिता, जलजला गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर, विभिन्न राष्ट्रियस्तरका लोक गायकगायिकाको सांगीतिक प्रस्तुती, हाँस्यव्याङ्गय प्रस्तुती, जनचेतनामुलक कार्यक्रम प्रस्तुती र जेष्ठनागरिक, अनाथबालबालिका, एकलमहिला, अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी पशु प्रदर्शनी, कृषिप्रर्दशनी साथै महिलाउद्यमी र विशिष्ट व्यक्तित्वहरुलाई सम्मान कार्यक्रम सञ्चालन हुँदै छन् । वाल उद्यान र रमाइलो मेला समेत महोत्सवका मुख्य आकर्षणका रुपमा रहेका छन ।
प्रकाशित मिति २०७६ फाल्गुण ३ गते शनिवार ०४:१५