

ईकोनोमिक खबर डटकम– काठमाडौंको सुन्धारास्थित रेस्टुरेन्ट गुलाबमा बुधबार साँझ ६ बजे भीषण आगलागी भएको छ ।
रेस्टुरेन्टमा करिब ६ः०० बजेतिर लागेको आगो निभाउन दमकल, सेना, प्रहरीका साथै स्थानिय बासिन्दा खटिएको छ । दमकलहरुको प्रयासका बाबजुद आगलागी नियन्त्रणमा आएको छैन । आगलागीबाट के कति क्षति भयो खुल्न सकेको छैन ।
दमकल, प्रहरी र सेनाले आगो निभाउने प्रयास गरिरहेका छन् । नेपालका भवन निर्माणमा आपतकालिन सुरक्षामा अति नै कमजोर देखियो, यसमा सरोकारवाला निकायले ध्यानदिनु जरुरी छ ।
प्रकाशित मिति २०७४ चैत ७ गते बुधबार ०२:२१