भारतमा एकैदिन भेटिए १५ हजारभन्दा धेरै कोरोना संक्रमित

भारतमा एकैदिन भेटिए १५ हजारभन्दा धेरै कोरोना संक्रमित

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असार ७ गते आईतबार ०५:५०

भारतमा एकैदिन कोरोना भाइरस (कोभिड–१९) का १५ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ४१३ संक्रमित फेला परेका छन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या...

भारतमा एकैदिन कोरोना भाइरस (कोभिड–१९) का १५ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ४१३ संक्रमित फेला परेका छन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि चार लाख नाघेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या चार लाख १० हजार ४६१ पुगेको छ ।

त्यस्तै अहिलेसम्म भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १३ हजार २५४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ३०६ जनाको मृत्यु भएको हो ।भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका एक लाख २८ हजार २०५ संक्रमित फेला परेका छन् भने पाँच हजार ९८४ जनाको मृत्यु भइसकेको छ । त्यस्तै तामिलनाडुमा अहिलेसम्म ५६ हजार ८४५ संक्रमित फेला परेका छन् भने ७०४ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा ५६ हजार ७४६ संक्रमित भेटिँदा दुई हजार ११२ को मृत्यु भइसकेको छ । गुजरातमा २६ हजार ६८० संक्रमित फेला परिसकेका छन् भने एक हजार ६३८ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै उत्तर प्रदेशमा अहिलेसम्म १६ हजार ५९४ संक्रमित फेला परेका छन् भने ५०७ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा १३ हजार ५३१ संक्रमित भेटिएका छन् भने ५४० जनाको मृत्यु भइसकेको छ । बिहारमा सात हजार ५३३ संक्रमित फेला परेका छन् भने ५२ जनाको मृत्यु भइसकेको छ ।अहिलेसम्म भारतमा दुई लाख २७ हजार ७५६ डिस्चार्ज वा निको भइसकेका छन् ।

प्रकाशित मिति २०७७ असार ७ गते आईतबार ०५:५०
प्रतिक्रिया दिनुहोस